Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
७:४५:०४ बेलुका
- ADVERTISEMENT -

भक्तपुरको जाम घटाउन वैकल्पिक सडक सञ्चालन गरिने

प्रकाशित मिति: २०७५ साउन २७, आइतबार

1913
Shares

भक्तपुर, २७ साउन, २०७५ । दैनिक घण्टौंसम्म लोकन्थलीदेखि जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकजाम घटाउन जडीबुटी–पेप्सीकोलाको वैकल्पिक सडक सञ्चालनमा ल्याइने भएको छ । प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले सुरु गरेको ‘सुरक्षित भक्तपुर, जाममुक्त भक्तपुर’ अभियानअन्तर्गत जडीबुटी कोटेश्वरको सडक जामलाई कम गर्ने उपायको विकल्प खोजिएको हो ।

प्रतिनिधिसभा सदस्य बस्नेत, भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठ, डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख गुरूप्रसाद अधिकारी, भक्तपुरका ट्राफिक प्रहरी प्रमुख जगत नेपालीलगायत विभिन्न सरोकारवालाको टोलीले उक्त क्षेत्रको अवलोकन गरी आजैदेखि सडक मर्मतसहित ग्राभेल बिछ्याउने कार्य सुरु गरेको हो ।

आफू निर्वाचित भएर आएपछि कोटेश्वर–जडीबुटीलाई जाममुक्त बनाउने, अरनिको राजमार्गलाई सुरक्षित र उज्यालो सडक बनाउने, भक्तपुरका बालुवालगायतका खानीमा देखिएको अनियमिततालाई नियन्त्रण गर्ने सरोकारवाला निकायसँग समन्वय गर्दै अभियान सञ्चालन गरेको बउनले बताए । उनले नयाँ सञ्चालनमा ल्याउन लागेको पेप्सीकोला जडीबुटी सडकबाट चावहिल जाने सवारी साधन सञ्चालनमा गराउने, ललितपुर जाने सवारीलाई मनोहरा आँखा अस्पतालबाट टीकाथली तथा बालकुमारी सडक मर्मत कार्य सकिएलगत्तै आवश्यक दुईवटा बेलिब्रिज राखेर यातायात सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए । ४३ करोडको लगानीमा भइरहेको मनोहरा जग्गा एकीकरण आयोजनामा रहेकोे नौ मिटरको जडीबुटी–पेप्सीकोला सडकमा केही दिनमै यातायाता सञ्चालन हुने तयारी गरिएको छ । त्यस्तै, मनोहरा नदीको दायाँबायाँ २०÷२० मिटर चौडा रहने गरी निर्माण हुन लागेको मनोहरा करिडोर निर्माण कार्य तत्काल सुरु गर्न उनले ठेकेदार भीम श्रेष्ठलाई निर्देशन दिए ।

करिडोर निर्माण सम्पन्न भएसँगै यातायातका साधनको चाप जडीबुटी नाकामा कम हुने बताउँदै बस्नेतले सडक जामको दीर्घकालीन उपाय भनेको कोटेश्वर जडीबुटी सुरुङ मार्ग भएको बताए । उनले कोटेश्वर सडकको दाँयाबायाँ सर्भिस ट्रयाक निर्माण गर्ने कार्यको डिपिआर भइसकेपनि नागरिक उड्यान प्राधिकरणका कारणले निर्माण कार्य अगाडि बढ्न नसकेको बताए । अहिले कोटेश्वरको जाम न्यूनीकरण गर्नको निम्ति यसको विकल्पकोरूपमा बालकुमारीदेखि जडीबुटीको पुलसम्म सडककको करिडोर निर्माण गर्न १७ करोड र भक्तपुरबाट मनोहरा पुलदेखि मनोहरा दोभान र हनुमन्ते दोभानसम्म रु तीन करोड विनियोजन भई काम सम्पन्न हुने चरणमा रहेको छ । मेलम्ची खानेपानीको ढल बिछ्ययाउने कार्यले योजना सम्पन्न गर्न केही ढिला हुन गएको हो । बस्नेतले भक्तपुरमा सुरक्षित हाइवे निर्माण गर्न विशेष अभियान चलाइएको बताउँदै उज्यालो हाइवे निर्माणका लागि राधेराधे चोकसम्म सडकमा सोलार बत्ती जडान कार्य भएको र बाँकी ठाउँमा पनि तुरुन्तै सुरु गरिने बताए ।

त्यस्तै, बाग्मती सभ्यताले हनुमन्ते करिडोर निर्माण गर्न रु ९१ करोड बजेट विनियोजन गरेकाले यसको निर्माण अगाडि बढिसकेको उनको भनाइ छ । सडकको स्थलगत अवलोकन गर्दै भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले अहिले वैकल्पिक रूपमा पेप्सीकोला–जडीबुटीसम्मको बाटो र जडीबुटीदेखि बालकुमारीबाट यातायात सञ्चालन गर्दा ७० प्रतिशत कोटेश्वरको जाम घट्ने बताए । विगत केही समयदेखि सुरक्षित भक्तपुर बनाउने अभियानस्वरूप दिउँसोको समयमा ट्रिपर सञ्चालनमा रोक लगाएपश्चात् दुर्घटनामा न्यूनीकरण आएको भट्टले बताए । उनले भने, ‘हाम्रो यो निर्माण केही व्यवसायीलाई त असर परेको होला, तर सडक दुर्घटनामा कमी ल्याउन सफल भएका छौं ।’ मनोहरा करिडोर निर्माणको जिम्मा लिएका ठेकेदार भीम श्रेष्ठले मनोहरा नदीको करिडोर निमार्ण गर्न सुरु भइसकेको बताउँदै सुकुम्वासी बस्ती तथा स्थानीय सरोकारवालाले निमार्ण कार्यमा अवरोध पु¥याएकाले समस्या आएको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -