चीन, २१ माघ २०७६ । चीनबाट शुरु भएको कोरोना भाइरस मानव जिवनको लागी घातक बन्दै छ नै अब चीनको अर्थब्यवस्थालाई पनि खोक्र्रो बनाउदैछ । गएको ३० दिनमा शेयर बजारमा लगानीकर्ताहरुको ४८ लाख करोड रुपैया डुबिसकेको छ र आर्थिक गतिविधि ३० बर्षको अवधिको सबैभन्दा तल पुगेको छ ।
अमेरिकासँगको ट्रेड वारलाई लिएर चिनको ब्यवसायीहरु दबाबमा छन र अब कोरोना भाइरसले उनीहरुलाई ठुलो झट्का दिएको छ । गएको ३० दिनमा चीनको शेयर बजारमा लगानीकर्ताहरुले ४२,००० करोड डलर गुमाईसकेका छन् । नयाँ बर्षको शुरुवातदेखी नै चीनको शेयर बजारमा भारी गिरावटको यात्रा जारी छ ।
यही दौरान शेयर बजार ९ प्रतिशत भन्दा धेरै झरेको छ । भने, चीनको मुद्रा यूआन २०२० मा अहिलेसम्म १।२ प्रतिशत कमजोर बनेको छ । चीनको केन्द्रिय बैकले यो अवस्थासँग सामना गर्न बजारमा १७४ अरब डलर थप्ने घोषणा गरेको छ ।
३० बर्षको सबैभन्दा कम स्तरमा पुग्यो चीनीया कम्पनिहरुको नाफा
चीनको औद्योगीक मुनाफा ३।३ प्रतिशतले घटेर ८९७ अरब डलरमा झरेको छ । यो २०१५ पछि सबैभन्दा ठुलो गिरावट हो । त्यो बेला चीनीया कम्पनिहरुको मुनाफा २।३ प्रतिशले कमि आएको थियो । यो आकडा डिसेम्बर २०१९ सम्मको हो ।
कारोना भाइरसको आतंक यसरी फैलिएको छ कि चीनको बजारमा यसको गम्भिर असर देखियो । सोमवार शंघाई स्टक एक्सचेन्जमा २०१५ पछिको सबैभन्दा ठुलो गिरावट आयो । शंघाई शेयर बजार सोमवार लगभग ८ प्रतिशतले घटेर बन्द भयो । यो पछिल्लो पाँच बर्षको अवधिमा सबैभन्दा ठुलो गिरावट हो ।
कोरोना भाइरस हो गिरावटको प्रमुख कारण
बजारमा गिरावटको प्रमुख कारन कारोना भाइरस हो । शंघाई कम्पोजिट इन्डेक्स २२९।९२ अंक यानी ७।७२ प्रतिशतले तल झर्यो र २,७४६।६१ अंकमा पुग्यो । साथै शेनझेन कम्पोजिट इन्डेक्स ८।४१ प्रतिशत यानी १४७।८१ अंकले झर्यो र १६०९ अंकमा पुगेर बन्द भयो ।








































