Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४५:५४ बिहान
- ADVERTISEMENT -

आठ स्थानीय तहले गरेनन् हिउँदे अधिवेशन

प्रकाशित मिति: २०७६ माघ १९, आइतबार

668
Shares

हेटौँडा, १९ माघ २०७६। बागमती प्रदेशको राजधानी रहेको मकवानपुर जिल्लाका १० वटा मध्ये आठ वटा स्थानीय तहले माघको तेस्रो सातासम्म पनि हिउँदे अधिवेशन गर्न सकेका छैनन् ।

मकवानपुरको थाहा नगरपालिका र राक्सिराङ गाउँपालिकाले मात्रै हिउँदे अधिवेशन गरी चालू आर्थिक बर्षको कार्यप्रगतिको समिक्षा गर्दै कानून निर्माण गर्ने र बजेटको प्रभावकारी कार्यान्वयनका लागि योजना निर्माण गरेपनि आठ वटा स्थानीय तहले भने हिउँले अधिवेशन गर्न नसकेका हुन् ।

हेटौँडा उपमहानगरपालिकासहित मनहरी, कैलाश, इन्द्रसरोवर, भीमफेदी, मकवानपुरगढी, बकैया र बागमती गाउँपालिकाले अझैसम्म हिउँदे अधिवेसन गर्न सकेको छैन । सामान्यतया बर्षे अधिवेशन गत आर्थिक बर्षको असारमसान्तभित्र र हिउँदे अधिवेसन चालू आर्थिक बर्षको पुस मसान्तभित्र सम्पन्न गर्नुपर्ने कानूनी व्यवस्था र अभ्यास रहँदै आएको छ ।

मकवानपुरमा राक्सिराङ गाउँपालिकाले मात्रै निर्धारित समयमा गाउँ सभा सम्पन्न गरेको हो । गत पुस २६ गते राक्सिराङ गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । ‘समयसीमाभित्रै गाउँ सभा सकेर योजनाको समिक्षा, कानूनी अड्चनहरुको सुधार र बजेटको रकमान्तरसहित हामी अघि बढेका छौँ’, अध्यक्ष मल्लले भन्नुभयो । उत्तरी क्षेत्रस्थित थाहानगरपालिकाले भने माघ १७ गते नगरसभा सम्पन्न गरेको छ ।

जिल्लाकै सबैभन्दा ठूलो स्थानीय सरकारको रुपमा रहेको हेटौँडा उपमहानगरपालिकाले केही समयभित्रै नगरसभा गर्ने तयारी गरेको छ । विधेयकहरु बन्ने क्रममा रहेको र नगरसभाले पारित गर्नुपर्ने भएकाले सभा केही ढिला हुन पुगेको उपप्रमुख मीना लामाले बताउनुभयो ।

बकैया गाउँपालिकाले माघ महिनाको अन्तसम्ममा हिउँदे अधिवेशन (गाउँसभा) गर्न तयारी गरेको अध्यक्ष दामोदर खनालले बताउनुभयो । मनहरी गाउँपालिकाले यसअघि देशमै पहिलोपटक बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि समय खर्च गर्नुपरेकाले सभा बस्न ढिला भएको अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो ।

यता उत्तरीक्षेत्रस्थित इन्द्र सरोबर गाउँपालिकाले भने बर्षे अधिवेनबाट पारित योजनाहरुको कार्यान्वयन भइरहेको र केही समयभित्रै केही बजेट रकमान्तर गरेर बजेट कार्यान्वयनमा जानुपर्ने अबस्था रहेकाले सभा बस्न ढिलाई भएको जनाएको छ । अध्यक्ष जीवन लामाले फागुनमसान्तभित्रमा गाउँ सभा आयोजना गर्नेगरी तयारी थालिएको बताउनुभयो ।

कैलाश, बागमती, भीमफेदी लगायत गाउँपालिकाहरुले पनि गाउँसभाको तयारी गरिरहेको जनाएको छ । अघिल्लो आर्थिक बर्षको असार मसान्तमा भएको बर्षे अधिवेशनले बनाएका नीति तथा कार्यक्रम तथा बजेट कार्यान्वयनमा हुने समस्याको समाधान हिउँदे अधिवेसनले गर्ने गरेको छ । स्थानीय तहहरुमा पारित बजेट कार्यान्वयनमा ढिलाई भएसँगै हिउँदे अधिवेशन पर पर धकेलिएको बताइएको छ । स्थानीय तहहरुले छिट्टै हिउँदे अधिवेशन सक्ने गरी तयारी गरिरहेको जानकारी आफूले पाएको जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलालले जानकारी दिनुभयो । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -