Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१७:०५ बिहान
- ADVERTISEMENT -

दुई दिनमै बनायो चीनले हजार शय्याको ‘कोरोना भाइरस’ अस्पताल

प्रकाशित मिति: २०७६ माघ १५, बुधबार

950
Shares

काठमाडौं, १५ माघ २०७६ । दुई दिनमै बनायो चीनले हजार शय्याको ‘कोरोना भाइरस’ अस्पताल निर्माण गरेको छ । अहिलेसम्मकै खतरनाक मानिएको कोरोना भाइरससँग लड्न चीनले दुई दिनमै एक हजार शय्याको अस्पताल निर्माण गरेको छ ।

 देशको पहिलो अस्पताल चीनले केबल दुई दिनमै निर्माण पूरा गरेर सञ्चालनमा ल्याएको हो। चीनले दोस्रो अस्पताल पनि १० दिनभित्र निर्माण सक्ने गरी काम भइरहेको छ । चीनको वुहान सहर नजिकै केबल २ दिनमै १ हजार शय्याको इमरजेन्सी वार्डसहितको अस्पताल तयार गरेर सञ्चालनमा ल्याइएको हो ।

 समाचार अनुसार यो अस्पतालमा डबै माउन्टेन क्षेत्री मेडिकल सेन्टरका बिरामीहरुलाई सारिएको छ। यो अस्पताल केबल ४८ घण्टामै तयार गर्ने क्रममा सयौँ डोजरका साथमा ५ सय भन्दा धेरै मजदुर एकसाथ खटिएका थिए। यहाँ बुधबार बिहान साढे १० बजेदेखि उपचार नै थालिएको छ ।

शुक्रबारसम्म पूरै खाली रहेको यहाँको भवनलाई रातारात अस्पतालमा परिणत गरिएको हो । सोमबार आदेश आउनेबित्तिकै काममा उत्रिएका मजदुरले पानी, बिजुली र इन्टरनेट एकै रातमा जोडिसकेका थिए । त्यसैगरी बिरामीका लागि बेडदेखि उपचारमा चाहिने आइसोलेसन वार्ड पनि रातारात तयार गरिएको छ ।

वुहान सहरका अधिकारीहरुले कोरोना भाइरसको आतंकसँग जुध्न चिनियाँ नयाँ वर्षको बिदाकै बीचमा सोमबार चारवटा कम्पनीलाई यस कामको जिम्मा दिएका थिए । यो अस्पताल वुहान सहर नजिकै हुवाङजु जिल्लामा रहेको छ । यसलाई हुवाङगाङ केन्द्रीय अस्पतालको शाखाकारुपमा परिचय दिइएको छ । यो अस्पताल आगामी मे सम्ममा सञ्चालनमा आउनेछ ।  चीनको वुहानमा सबैभन्दा धेरै कोरोना भाइरसका बिरामी भेटिएका छन् । त्यहाँसहित विश्वभर हालसम्म १३२ जनाले यो भाइरसबाट ज्यान गुमाइसकेका छन् । विश्वभर अहिलेसम्म प्रभावितको संख्या ४५ सय नाघिसकेको छ ।

कोरोना भाइर चीनका अलावा नेपालसहित कयौँ देशमा फैलिसकेको छ । समाचार अनुसार थाइल्यान्डमा सातजना, जापानमा तीनजना, दक्षिण कोरियामा तीनजाना, अमेरिकामा तीनजन, भियतनाममा दुई, सिंगापुर चार, मलेसियामा तीन, नेपालमा एक, फ्रान्समा तीन, अस्ट्रेलियामा चार र श्रीलंकामा एकजना बिरामी भेटिइसकेका छन् ।

 कोरोना भाइरस चीनको राजधानी बेइजिङसम्म पनि पुगेको छ। त्यहाँ बुधबार एकजनाको ज्यान गएको छ। बेइजिङ र संघाईमा एक एकजनाको ज्यान गएको हो। बेइजिङमा ८ जना भन्दा धेरै बिरामी भेटिएका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -