काठमाडौं, १५ माघ २०७६ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टीबिरुद्ध प्रचार युद्ध भैरहेकाले सरकार र पार्टीले प्राप्त गरेका उपलब्धि र नतिजाबाट त्यसको जवाफ दिन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिनुभएको छ ।
नेकपा केन्द्रीय कमिटीको बैठकको उदघाटन गर्नुहुँदै प्रधानमन्त्री समेत रहनु भएका पाटी अध्यक्ष ओलीले बैचारिक आग्रह पूर्वाग्रहबाट माथि उठेर २१ औं शताब्दीसम्म आईपुग्दा मानवजातिले हासिल गरेका उपलब्धिलाई आत्मसाथ गरेर अघि बढेको बताउनुभयो ।
‘नेकपा विश्वव्यापी मान्यतासहितको लोकतन्त्र, शान्ति र मानवाधिकारको आदर्श र अनुभवकासाथ अघि बढीरहेको र बढीरहने छ, अहिले शान्तिपुर्ण अवस्थामा आएको छ, हामी अन्तराष्ट्रिय मापदण्ड अनुसार काम गरिरहेका छौ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँले वर्तमान सरकारसँग जोडेर प्रेस स्वतन्त्रता र मानवअधिकारको बारेमा प्रश्न गर्नु निरर्थक रहेको सम्बोधनमा बताउनुभएको छ ।








































