Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५३:१८ बिहान
- ADVERTISEMENT -

नयाँ दशक नेपाल–भारत सम्बन्धको स्वर्णीम दशक हुनेछ

प्रकाशित मिति: २०७६ माघ ७, मंगलबार

826
Shares

काठमाडौं, ७ माघ २०७६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ वर्षमा नेपाल र भारतबीचको सम्बन्ध नयाँ उचाईमा पुर्याउने अठोट गर्नुभएको छ । जोगवनी–विराटनगर इन्टीग्रेट चेकपोष्टको आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त रुपमा उदघाटनपछि सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले सो अठोट गर्नुभएको हो ।

 ‘नयाँ वर्षमा तपाईको सहयोग र समर्थनले हामी आफ्नो सम्बन्धलाई अरु नयाँ उचाईमा लैजाउ,’ भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो । उहाँले यो नयाँ दशक नेपाल–भारत सम्बन्धोको स्वर्णिम दशक रहेको उहाँले उल्लेख गर्नुभयो ।

नेपाल–भारतको सहयोग अन्तर्गत भूकम्प प्रभावित क्षेत्रमा ५० हजारमध्ये ४५ हजार घरको निर्माण सम्पन्न भएका छन । मोदीले बाँकी घर पनि चाँडै निर्माण हुने र नेपाललाई चाँडै नै हस्तान्तर गरिने प्रतिवद्धता जनाउनुभयो । सन् २०१५ को भूकम्प एक दर्दनाक दुर्घटना रहेको बताउँदै उहाँले भुकम्प जस्तो विपदा मानवको दृढता र निश्चयको परीक्षा लिने भन्दै त्यसलाई नेपाली जनताले साहसका साथ सामना गरेको समेत उहाँले स्मरण गर्नुभयो ।

नेपाल–भारतको क्रस बोर्डर कनेक्टीभिटी प्रोजेक्ट जस्तो सडक, रेल र ट्रान्समिसनलाइनमा काम भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले दुई देश बीच सीमाको प्रमुख स्थानमा निर्माण भएको इन्टीग्रेट चेकपोष्टले व्यापार र आवागमनमा सजिलो बनाएको बताउनु भयो । भारतीय प्रधानमन्त्री मोदीले चेक पोस्टको उद्घाट गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले सम्बोधनको शूरुमा नै ‘तपाईलाई कस्तो छ’ भन्दै नेपाली भाषाबाट सम्बोधन शुरु गर्दै अंग्रेजी नयाँ वर्षको शुभकामना दिनुभयो ।

मोदीले दुबै देशमा गयको हप्ता सक्रान्ति पर्व दुबै देशमा हर्षोउल्लासका साथ मनाइएको उल्लेख गर्दै संक्रान्तिको शुभकामना समेत दिनुभयो । छिमेकी पहिलो भन्ने आफ्नो पुराने भनाइ दोहोर्याउनुभयो । उहाँले दुबै देशबीच कनेक्टिभिटीमा जोड दिनुभयो । भारतीय प्रधानमन्त्री मोदीले छिमेकी सबै देशबीच आवागमन सहज र सुचारु बनाउनुका साथै व्यापार शिक्षा सबै क्षेत्रमा सहज सम्पर्क बढाउन इच्छुक रहेको बताउनुभयो । उहाँले २०१५ को भूकम्पको स्मरण गर्दै भूकम्पका सहासका साथ नेपालीले समाना गरेको स्मरण गर्नुभयो । मोदीले नेपाल भारत सम्बन्ध नयाँ उचाइमा पुगको बताउनुभयो । ‘नयाँ दशक नेपाल–भारत सम्बन्धको स्वर्णीम दशक हुनेछ,’ प्रधानमन्त्री मोदीले भन्नुभयो ।

उहाँले नेपाल भारत सम्बन्धमा अभूतपूर्वक प्रगति भएको बताउँद भारतीय सहयोगमा भएका विकासका कामहरू तेज गतिमा अघि बढेको बताउनुभयो । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै प्रम ओलीबाट नेपाल भ्रमणका लागि भएको निमन्त्रणा दिएकोमा खशी व्यक्त गर्दै भन्नुभयो, ‘म यो वर्षको कार्यक्रम बनाउँदै छु । पक्का पनि म तपाईंसँग केही समय बिताउने छु र नेपाली जनताको दर्शन गर्ने छु ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -