काठमाडौं, ५ माघ २०७६ । नेपाली कांग्रेसले सदनमा सरकारले पेश गरेको सूचना प्रविधि विधेयकको विरोध देशैभरबाट शुरू भएकाे छ ।

आज आइतबार ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर विरोध गर्ने कार्यक्रम अतर्गत कांग्रेसले आज राजधानीकाे बबरमहलस्थित प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापन पत्र बुझाएकाे काठमाडौंका जिल्ला सिभापति सबुज बानियाँले बताउनु भयो ।

गएको पुस १७ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले नै संविधानविपरीत आएका विधेयकविरुद्ध पुस २८ गते देशव्यापी विरोधपत्र बुझाउने निर्णय गरेको थियो ।
पार्टीको निर्णय अनुसार दिउँसो १ बजे जिल्ला प्रशासन कार्यालयहरुमार्फत सरकारलाई विरोध पत्र बुझाएको नेपाली काँग्रेस काठमाडौंका जिल्ला सिभापति बानियाँले बताउनु भयो ।








































