काठमाडौं, २० पौष २०७६ । सरकारी तवरबाट राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको चरम उपेक्षा गरिएको महसुस भइरहेको परिवेशमा राष्ट्रिय सरोकार मञ्च नामक संस्थाले श्री ५ वडामाहाराजधिराज पृथ्वीनारायण शाहको जन्मजयन्ती धुमधामका साथ मनाउने भएको छ ।
मुलुकमा पुनः राजसंस्थासहितको हिन्दू अधिराज्य पुनर्स्थापना गराउने उद्देश्यले क्रियाशील रहँदै आएको उक्त मञ्चले यही पुस २७ गते पृथ्वीजयन्ती भब्यताका साथ मनाउने तयारी गरेको हो ।
मञ्चको केन्द्रिय कार्यसमितिको बैठकले गणतान्त्रिक सरकारले राष्ट्रनिर्माता तथा राष्ट्रपिताको योगदान र सम्मान गर्न बेवास्ता गरेपनि हरेक स्वाभिमानी, देशभक्त नेपाली नागरिक, अखण्डता र अविभाज्य मुलुकका सबै पहरेदार नेपालीले पृथ्वीजयन्ति तथा राष्ट्रिय एकता दिवस धुमधामका साथ मनाउनुपर्ने मञ्चका केन्द्रिय अध्यक्ष सोमविक्रम सिंहले बताए ।
बाँसबारीस्थित विश्व हिन्दु महासंघको कार्यालय परिसरमा भएको बैठकमा रविसिंह बस्नेत, रघुराज राजभण्डारी, मीनराज गुरुङ, जाहिर शाह, सोमविक्रम सिंह, सुशील सिंह, विक्की तिमिल्सिना, सुदर्शन खड्का, दीपेन्द्र शाही, ठक्कर देउवा, शितलप्रताप सिंह, प्रेम लामा, सुरेन्द्र श्रेष्ठ, कपिलमान श्रेष्ठ, मोहनविक्रम थापालगायतको उपस्थिति रहेको थियो ।








































