काठमाडौँ, १९ पौष २०७६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले बुद्धको प्रतीमा अनावरण गरेका छन् ।
शनिबार विमानस्थलको आगमन क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरिएको छ । स्थापित प्रतीमा करिब एक टन तौलको छ । प्रतीमाको माथिल्लो भागमा अंग्रेजीमा ‘भगवान बुद्धको जन्मभूमि’मा स्वागत छ भन्ने लेखिएको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर विमानस्थललाई बुटिक बनाउन अरु काम पनि भएका छन् ।








































