Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
८:५७:०८ बिहान
- ADVERTISEMENT -

बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्म कैद हुने

प्रकाशित मिति: २०७५ साउन १९, शनिबार

1832
Shares

भक्तपुर, साउन १९ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्मकैद हुने बताएकी छन् ।

आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनवर्गीय संगठन अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले आयोजना गरेको महिला जनप्रतिनिधिहरुको अनुभव आदनप्रदान कार्यक्रममा उनले १० वर्षभन्दा कम उमेरका बालिकालाई बलात्कार मात्रै गरे पनि सर्वश्वसहित जन्मकैदको सजाय हुने बताइन् ।

महिलाको अधिकार र संघर्षका माध्यमबाट ऐतिहासिक आन्दोलन सफल भएको बताउँदै उनले महिलाले गरेको आन्दोलनका कारण नेपालमा परिवर्तनका अधिकांश ढोकाहरु खुलेको बताइन् ।

मन्त्री थापाले नेपालको धर्म, संस्कृति, परम्परा, रूढीवादी संस्कारका कारण अहिले पनि महिलाहरु दोस्रो दर्जाका रुपमा रहनु परेको भन्दै तीनै तहका निर्वाचित महिला जनप्रतिनिधिहरुले यस प्रकारका संस्कारहरुको अन्त्य गर्न आ–आफ्नो तवरबाट पहलकदमी चलाउँदै कानूनी प्रक्रियाबाट अघि बढ्न आग्रह गरिन् ।

वर्तमान सरकार दुई तिहाइ हाराहारीको जनताले दिएको मतबाट निर्माण भएको स्थिर सरकार भएकाले महिलाको हक, अधिकारका निम्ती मन्त्रालयका तर्फबाट आवश्यक कानून निमार्णको प्रक्रियामा रहेकाले निर्वाचित जनप्रतिनिधिहरुले हातमा हात काँधमा काध मिलाई सहयोग गर्न आग्रह गरिन् ।

कार्यक्रममा संघको इञ्चार्ज राधा ज्ञावलीले निर्वाचित जनप्रतिनिधिहरु जनताको सेवक भई अँध्यारोमा बत्तीको उज्यालो झैँ काम गर्न आग्रह गरिन् । त्यस्तै उनले जहाँ जनचाहना अनुसारको विकास निमार्णका इच्छा त्यहाँ काम भन्ने सिद्धान्तलाई आत्मसात् गर्नुपर्ने बताइन् ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अमृता थापाले महिलाको हक र अधिकारका निम्ति कानून निमार्णको चरणमा रहेको र कानून निर्माणपश्चात् कडाइका साथ कार्यान्वयन हुने बताइन् ।

संघकी पूर्वअध्यक्ष शान्ति मानवीले कानूनमा लेखिएका तर व्यावहारिकतामा प्रयोग नभएका महिलाका हक र अधिकारलाई व्यावहारिक रुपमा लागू गर्नुपर्ने बताइन् । उनले महिला मुक्तिको आन्दोलनमा एक ढिक्का भई अघि बढ्नुपर्ने धारणा राखिन् ।रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -