Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१४:४५ बिहान
- ADVERTISEMENT -

राष्ट्रिय घोडचढी प्रतियोगिता पुस २५ गतेदेखि सुरु

प्रकाशित मिति: २०७६ पुस १९, शनिबार

682
Shares

काठमाडौं, १९ पौष २०७६ । नेपाल घोडचढी संघको आयोजनामा छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता पुस २५ गतेदेखि हुने भएको छ । प्रतियोगितामा टेन्ट पेगिङ, शो जम्प र हाइजम्पमा प्रतिस्पर्धा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष रवि राजकर्णिकारले जानकारी दिनुभयो ।

२० पुरुष र ६ महिला गरी २६ राइडर एकदिने प्रतियोगितामा सहभागी हुनेछन् । महिला खेलाडीको भने प्रतिस्पर्धा नभइ प्रोत्साहनका लागि स्पर्धा राखिएको आयोजकले जनाएको छ ।

पुरुषतर्फ तीनै विधामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीको पुरस्कार राशी समान राखिएको छ । पहिलोले २० हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार पाउने छन् । महिलामा सहभागी सबैलाई जनही ५ हजार पुरस्कार प्रदान गरिने छ ।

पत्रकार सम्मेलनमा घोडचढी संघ र तीन फरक संस्थासंग प्रायोजन सम्बन्धी सम्झौता पत्रमा पनि हस्ताक्षर भएको छ  । संघका अध्यक्ष कर्णिकार, टिभीएसका सेल्स एन्ड विजनेश डेभलोप्मेन्टका जीएम दिपकप्रसाद रौनियार, कतार एयरवेजका सेल्स म्यानेजर सारिका बोगटी र  मित्सुविसी र लिओन मोर्टसका प्रतिनिधि निभा सिंहले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो ।

प्रायोजन वापत कतार एयरले नेपालदेखि जुनसुकै देशका लागि आतेजाते २ थान हवाइ टिकट संघलाई विक्री गर्न दिने भएको छ । बाँकी दुई संस्थाले संघलाई समान २–२ लाख प्रायोजन गर्ने भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -