काठमाण्डौँ, १८ पौष २०७६ । पश्चिमी वायुको प्रभावले अहिले देशभरिकै मौसम बदली भइ पश्चिमका धेरै ठाउँमा पानी परिरहेको छ ।
अहिले सुर्खेत, रुपन्देही, कपिलवस्तु, दाङ, बैतडी, अछाम, दैलेख, रुकुम, बर्दिया, प्यूठान, नवलपरासी, अर्घाखाँची, बाग्लुङ लगायत पश्चिमका धेरै ठाउँमा पानी परिरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले अझ केही दिन मौसम धुमिने, हल्का वर्षा र हिमपातको गतिविधि दोहोरिने जनाएको छ।
आज शुक्रबार र भोलि शनिबार काठमाडौं उपत्यकासहितका पहाडी र हिमाली भेगको मौसम प्रभावित बन्ने र मध्य र पूर्वीतर्फका अधिकांश भेगको मौसम प्रभावित रहनेछ भने अन्यत्रको मौसम पनि प्रस्ट नखुल्ने विभागको दावी छ ।
शनिवार आंशिक सुधारको संकेत देखिएपनि पुनः पश्चिमी वायुको अर्को प्रणाली भित्रिने संकेत विकास भइरहेकाले अझै ३÷४ दिन मौसम प्रभावित बन्न सक्नेछ।
बुधवार भित्रिएको पश्चिमी वायुको असरले बिहीबार काठमाडौं उपत्यका आसपाससहित दिपायल, डडेलधुरा, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, पोखरालगायतका भेगमा हल्का वर्षा भएको थियो। पश्चिमीतर्फका उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको महाशाखाले जनाएको छ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष १८ गते (शुक्रबार)
दिउँसो :देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम देखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
राती : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम देखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
पौष १९ गते (शनिबार)
दिउँसो :देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात र पहाडका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
राती : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक /दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
पौष २० गते (आइतबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक /दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
राती : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक /दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।








































