Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:२२:४० बिहान
- ADVERTISEMENT -

नेपाल र भारतबीच देखिएको सीमा विवाद छलफलबाट समाधान निकाल्न सकिने : राजदूत मञ्जीवसिंह

प्रकाशित मिति: २०७६ मंसिर २४, मंगलबार

591
Shares

काठमाडौं, २४ मङसिर २०७६ । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपाल र भारतबीच अहिले देखिएको सीमा विवाद छलफलबाट समाधान निकाल्न सकिने बताउनुभएको छ ।

राजदूतको जिम्मेवारीबाट अवकाश लिने क्रममा रहनु भएका राजदूत पुरीले गोरखापत्र र दि राइजिङ नेपाललाई दिनुभएको एक विशेष अन्र्तवार्तामा सो कुरा बताउनुभएको हो ।

नक्सा विवादका विषयमा उहाँले भन्नुभयो– त्यो नक्सा भारत भित्रका राज्यहरूको सीमामा भएका परिवर्तनसँग सम्बन्धित थियो । नेपाल लगायत अन्य कुनै देशको बाहिरी सिमानसँग सम्बन्धित थिएन । जुन सीमाना विगतका नक्साहरूमा थियो त्यही नै नयाँ नक्सामा पनि थियो ।

समाधानका उपाय बारे उहाँको भनाइ थियो–हाम्रो युगौंदेखि रहँदै आएका १८ सय किलोमिटर लामो खुला सीमाना छ । त्यसैले त्यहाँ कुनै पनि मुद्दा हुन सक्छ यदि कुनै मुद्दाहरू छन् भने त्यसमा हामीले छलफल गर्नु पर्ने हुन्छ । हामीहरू छलफल पनि गरिरहेका छौ ।

उहाँले सीमा जस्तो विषयमा निकै महत्वपूर्ण विषय भएको र यस्तो कुरामा थोरै सावधान हुनु पर्ने भन्दै यस्तो विषयमा कसैलाई पनि अबसर दिनु नहुने बताउनुभयो ।

नेपालका वर्तमान अबस्थाबारे उहाँले भन्नुभयो, नेपालले धेरै राम्रा कामहरू गरेको छ र विश्वले त्यसलाई अनुभुत गरिरहेको छ । नेपालको अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा उक्लने तयारी ठीक ढङगले अगाडि बढाएको छ ।
उहाँले थप भन्नुभयो– कसैले पनि यसरी आफूलाई माथि उक्लन चहाँदैन किन भने यसबाट नेपाल माथि हुँदा केही सकारात्मक विभेदका फाइदाहरू गुम्न सक्छन् । नेपालले केही लाभ लिन सक्थ्यो तर अर्कातर्फ नेपालका उच्च गौरबका साथ अघि बढ्न सक्छ ।

साथै राजदूत पुरीले नेपालले सन् २०३० वा सो भन्दा अगाडि नै मध्यम स्तरको आय भएको मुलुकमा पुग्न नभारतीय अर्थतन्त्रसँगको अन्तक्रिया (इन्टर्याक्सन) लाई बृद्धि गर्नु पर्ने कुरामा जोड दिनुभयो ।

उहाँले केपी शर्मा ओलीले सन् २०१८मा भारतको भ्रमण गर्दा तीनवटा ड्रिम प्रोजेक्टबारे बताउनु भएको र त्यसमा कृषि, जलपरिवहन र रेल सेवा रहेको उल्लेख गर्दै आफूले पनि भारतको उत्तराखण्डस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयबाट पीएचडी गरेको नताले उहाँको सो विचारबाट निकै खुशी भएको बताउनुभयो ।

उहाँले भारतको इन्ल्याण्ड वाटर वे (जलमार्ग) सँग नेपालको जलमार्गलाई जोड्ने चाहान व्यक्त गर्नुभएको स्मरण गर्दै दुई वर्ष भित्रमा नै नेपाल भारतको राष्ट्रिय जलमार्गसँग जोडिएको र निकट भविष्यमा नै ती जलमार्गहरूबाट समान ओसारपसार हुने बताउनुभयो ।

उहाँले अगाडि भन्नुभयो, हामीले भारतमा गंगा नदिलाई मुख्य जलमार्गका रुपमा विकास गरीरहेका छौं जसले नेपाललाई भारतको कोलकाटाबाट न्यूनतम् लागतमा नेपालका नजिकको नाकासम्म सामान ल्याउन सहयोग पुग्ने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -