Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५४:५० बिहान
- ADVERTISEMENT -

कास्कीमा ६५ प्रतिशत मत खस्यो

प्रकाशित मिति: २०७६ मंसिर १४, शनिबार

802
Shares

पोखरा, १४ मंसिर २०७६ । कास्कीमा प्रतिनिधिसभा सदस्यको लागि शनिबार बिहान ७ बजेबाट साँझ ५ बजेसम्म भएको मतदानमा ६० देखि ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

पोखरा महानगरका ११ वडा पर्ने कास्की २ मा ७१ हजार ८७१ जना मतदाता थिए । सबै ठाउँको तथ्यांक नआइसकेको कार्यालयले जनाएको छ। यो तथ्यांक अघिल्लो प्रतिनिधिसभाको भन्दा कम हो। अघिल्लो निर्वाचनमा ४९ हजार मतदाता मतदानमा सहभागी भएका थिए । अझ यसपटक मतदाताको संख्या अध्यावधि गरेर बढेको थियो ।

पोखरामा शनिबार भएको निर्वाचनमा केही ठाउँमा मतदाताले त्रासमा मत खसाले । यहाँको चारवटा मतदान केन्द्र नजिकै बम विस्फोट भयो । यद्यपी बम विस्फोट कसले गरायो भन्ने विषय अनुसन्धानकै क्रममा रहेको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

पोखरा ९ नयाँ बजारमा रहेको नवप्रभात मावि मतदानस्थल, पोखरा १६ वडा शान्ती माबी मतदानस्थल, पोखरा ३३ शान्ति उदय माध्यमिक विद्यालयको मतदानस्थल र पोखरा १६ चण्डिका मतदानस्थल नजिकै बम बिस्फोट भएको हो। बम विस्फोटपछि केही बेर मतदान स्थगित भएको थियो। बम विस्फोट पछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो ।

कास्कीमा प्रतिनिधी सभा सदस्यको लागि नेकपाबाट विद्या भट्टराई, नेपाली कांगे्रसबाट खेमराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी, संघीय समाजवादी पार्टीबाट धर्मराज गुरुङ, साझा पार्टीबाट रजनी केसी, विवेकशील नेपाली दलबाट जमुना शर्मा उम्मेदवार छन्। त्यस्तै नेकपा मालेका टेकनाथ भण्डारी, नेपाली कांग्रेस (बिपी)बाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट पूर्णबहादुर राना, देशभक्त समाजका तर्फबाट वीरबहादुर विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका गंगा मल्ल, मंगोल नेसनल अर्गनाइजेसनबाट रियाज गुरुङले उम्मेद्वारी दिएका छन् ।

मतपेटीका कास्कीको बैदाममा रहेको जिल्ला समन्वय समितिको भवनमा ल्याइनेछ। साँझ ८ बजेभित्र मतपेटीका गणनास्थल ल्याइपुर्‍याउने तयारी भएको छ। त्यस लगत्तै सर्वदलिय बैठक बस्ने र गणना आजै राती गर्ने या भोलि बिहानबाट गर्ने टुंगो लाग्ने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -