कास्की,११ मङ्सिर २०७६ । पोखराको प्रदर्शनी केन्द्रस्थित चुनावी सभा लक्षित विस्फोटमा परि ३ जना घाइते भएका छन् । सत्तारुढ दल नेकपाको चुनावी सभालाई लक्षित गरि विस्फोट भएको हो ।
उक्त कार्यक्रममा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका उच्च नेताहरु सहभागी हुनुहुन्छ ।
विस्फोटपछि आसपासको क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालित गरिएको छ। प्रहरीले तालिमप्राप्त कुकुर पनि ल्याउने तयारी गरेको छ।








































