काठमाडौं, ११ मंसिर २०७६ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार मिनी माइक्रो ब्लगिङ साइट ट्विटरबाट प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।
प्रवक्ता शर्माले राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धाका क्रममा रहे पनि प्रधानमन्त्री ओलीको स्वास्थ्यका लागि प्रार्थना गर्नु सबैको कर्तव्य भएको स्मरण गरे ।
प्रवक्ता शर्माले लेखेका छन्, “चुनावी प्रतिस्पर्धा क्रममा छौं यतिबेला हामी । तर यही बेला सम्माननीय @PM Nepal अप्रेसन पश्चात् अस्पतालमा हुनुहुन्छ । उहाँको स्वास्थ्यका लागि प्रार्थना गर्नु हामी सबैको कर्तव्य हो । सिंगो नेपाली कांग्रेस पार्टी परिवारका तर्फबाट हामी उहाँको शीघ्र स्वास्थलाभको कामना गर्दछौं,” ।
प्रधानमन्त्री ओलीलाई सोमरात भरी पेट दुखेपछि मंगलबार त्रिवि शिक्षण अस्पताल लगिएको थियो । एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रियापछि उनलाई भेन्टिलेटरमा राखिएको चिकित्सक स्रोतले जनाएको छ ।








































