काठमाण्डाै, ९ मंसिर २०७६ । बुधबारदेखि सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि बंगलादेशको पुरुष भलिबल टिम काठमाण्डाै आइपुगेको छ ।
बुधबार नेपालसँग बंगलादेशले उद्घाटन खेल खेल्ने छ ।
त्यसैगरी, माल्दिभ्स र श्रीलंकाको टिम पनि काठमाण्डाै आइपुगेको छ । अब पाकिस्तान र भारतको टिम आउन बाँकी रहेको र ती टिमहरु पनि आजै साँझसम्म आइपुग्ने जनाइएको छ ।
साग खेलकुदको औपचारिक उद्घाटन १५ गते हुने भए पनि भलिबल खेल भने बुधबारदेखि नै सुरु हुने आयोजकले जनाएकोन छ ।
भलिबलमा नेपालसहित, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गर्ने छन् । पुरुषतर्फ नेपालको समूहमा बंगलादेश र भारत छ भने अर्को समूहमा श्रीलंका, माल्दिभ्स र पाकिस्तान रहेका छन् ।
भलिबलमा महिला र पुरुष तर्फ दुई वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ ।
बिच भलिबल भने पोखरामा हुने छ । बिच भलिबलमा पनि महिला र पुरुष गरी २ वटा स्वर्ण पदकको छिनोफानो हुने छ ।









































