Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:४२:०१ बिहान
- ADVERTISEMENT -

प्रभातफेरीसँगै उद्योगीहरुसँग छलफल गरी मनाइयो पाँचौ राष्ट्रिय उद्योग दिवस

प्रकाशित मिति: २०७६ मंसिर ९, सोमबार

1177
Shares

भरतपुर, ९ मंसिर २०७६ । चितवन उद्योग संघ र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त आयोजनामा पा“चौ राष्ट्रिय उद्योग दिवस–२०७६ विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

कार्यक्रम अन्तर्गत चितवन उद्योग संघको प्राङ्गणबाट शुरु भएको प्रभातफेरी घरेलु कार्यालय चोक, मालपोतचोक, अस्पतालचोक हुँदै संघमा आएर समापन भएको थियो ।

प्रभातफेरी समापनसंगै उद्योगीहरुसंग छलफल कार्यक्रम सम्पन्न भएको थियो । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रमका अतिथिहरुलाई चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेल र घरेलु तथा साना उद्योग कार्यालयका लेखा अधिकृत नारायणप्रसाद लम्सालले संयुक्त रुपमा पुष्पगुच्छा मार्फत स्वागत गर्नुभएको थियो ।

प्रमुख अतिथिबाट उद्योग दिवसको ब्यानर वाचन गरेर उद्घाटन भएको कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रशिक्षक नारायण त्रिपाठीले कार्यक्रमको उद्देश्य सहित स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमका सभापति एवं चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले उद्योग संघले औद्योगिक विकासको लागि गरेका प्रयत्न, भावी योजना तथा कार्यक्रम बारे प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख उद्योग अधिकृत रमेशकुमार कर्माचार्यले चितवन जिल्लामा दर्ता भएका लघु घरेलु तथा साना उद्योगको दर्ता संख्या र दर्ता गर्ने प्रक्रिया, औद्योगिक क्षेत्रको लगानी, रोजगारको स्थिति लगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी, उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सहनलाल प्रधान, जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले उद्योग दिवसको बारेमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख महेन्द्रप्रसाद भण्डारी, औद्योगिक सुरक्षा गुल्म नं. २३ का सशस्त्र प्रहरी नायव उपरीक्षक विनोद खतिवडा, चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भीमबहादुर पाण्डे, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका व्यवसाय प्रवद्र्धन अधिकृत दुर्गा बराल, चितवन उद्योग संघका उपाध्यक्षहरु त्रिलोचन कँडेल, सूर्यप्रसाद न्यौपाने, मदन घिमिरे, कार्यसमिति सदस्यहरु विक्रम सापकोटा, मदन चिरञ्जीवी पोखरेल, दुर्गाप्रसाद भण्डारी, बिष्णु प्रसाद पौडेल, ताराबहादुर कार्की, कार्यसमिति सदस्य एवं रत्ननगर इकाई समितिका संयोजक गजेन्द्र अधिकारी, जितबहादुर हमाल, राशी लामा, युग राज वस्ती, गोपाल प्रसाद गैरे, डा.प्रमोद लामिछाने, कार्यसमिति सदस्य एवं कालीका इकाई समितिका संयोजक प्रकाशचन्द्र भट्टराई, राप्ती इकाई समितिका सदस्यहरु, इच्छाकामना इकाई समितिका सदस्यहरु, चितवन उद्योग संघ माडी इकाई समितिका संयोजक भोजराज खनाल, चितवन उद्योग संघ महिला उद्यमी मञ्चका संयोजक सुधा सुवेदी पौडेल लगायत सदस्यहरु, चितवन उद्योग संघ युवा उद्यमी मञ्चका संयोजक अमर घिमिरे लगायत सदस्यहरु, चितवन औद्योगिक विकास वचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी एवं सदस्यहरु, वस्तुगत समितिका अध्यक्ष एवं सदस्यहरु, उद्योगीहरु, सचिवालयका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रम अन्तर्गत चितवन उद्योग संघले तयार पारेको सुझाव संकलन सहितको प्रश्नावली फारम समेत वितरण गरिएको थियो ।

चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -