साउदी, ७ मङ्सिर २०७६ । साउदीको अल्मराई कम्पनीको ब्रान्चहरु बिच भएको ओपन नेपाली फुटबल प्रतियोगितामा माउन्ट एभरेष्ट टिमले ३/१ को गोलान्तरले हिमालयन वारियर्सलाई हराउँदै सानदार जित हासिल गर्न सफल भएको छ ।
अलमराइको सि पि पि नेपाली कमिटिले आयोजना गरेको उक्त फुटबलमा विभिन्न ब्रान्चका गरि ८ टिमले भाग लिएका थिए । माउन्ट एभरेष्ट , मनाङ मर्स्याङ्दि, थ्री स्टार, ट्रान्सपोर्ट, अलदाना, बेकरी च्यालेन्जर्स, हिमालयन वारियर्स अल रबिया र अल्खर्ज सेल्स डिपो बिच भएको नक आउट खेलमा माउन्ट एभरेस्ट र हिमालयन वारियर्स फाइनलमा भिडेका थिए ।
साँझ २०:४५ बजे देखि शुरु भएको टिमबिच कडा प्रतिस्पर्धा का साथ खेल भएको थियो । पहिलो हाफमा दुबै टिमले गोल गर्न सकेको थिएन भने दोश्रो हाफमा लिला ब्लोनको ह्याट्रीक ३ गोलको सहायताले माउण्ट एभरेष्टलाई जित हासिल गर्न सजिलो भएको थियो । खेलको अन्ततिर हिमालयन वारियर्सका क्याप्टेन कृष्ण कुमारले एक गोल मात्र गरेका थिए ।
नेपाली कमिटी सि पि पि ले आयोजना गरेको आकर्षक खेलमा मेन रेफ्री आश गुरुङले गरेका थिए भने लाइन्स म्यानमा दिपक लिम्बू र सुरेश सुनार थिए भने गोल जर्जमा प्रकाश भट्ट र यदु सापकोटा रहेका थिए ।
माउन्ट एभरेष्टका क्याप्टेन सुरज गुरुङले खेल अबधी भर सर्बाधिक ५ गोल गरेर गोल्डेन बुटको अवार्ड पाएका थिए भने हिमालयन वारियर्सका गोलकिपरले गोल्डेन ग्लोभ्स पाएका थिए ।
त्यसैगरी, माउन्ट एभरेष्टकै खेलाडीले बेस्ट डिफेन्डर अवार्ड, ह्याट्रीक ३ गोल गरेर लिला ब्लोनले एमर्जिङ प्लेयर अवार्ड, हिमालयन वारियर्सका क्याप्टेन कृष्ण के सि ले बेस्ट प्लेयर अवार्ड पाएका थिए भने फियर प्ले अवार्ड बेकरी च्यालेन्जर्सलाई दिएको थियो । ५०० सय भन्दा बढि दर्शकको बिचमा खेलाइएको खेल उत्तिकै अनुशासन र सौहार्दपुर्ण बाताबरणमा भएको थियो ।









































