काठमाडौं, ५ मङ्सिर २०७६ । पुनर्गठित मन्त्रिपरिषद्मा समेटिएका मन्त्रीहरूको सपथ बिहान ११ बजे हुने भएको छ।
नयाँ मन्त्रीहरुलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ गराउने तयारी गरिएको छ।
को को छन्, नयाँ मन्त्री ?
हृदयेश त्रिपाठी- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री। त्यसअघि सो मन्त्रालय लालबाबु पण्डितको नेतृत्वमा थियो ।
घनश्याम भुसाल- कृषि तथा पशुपन्छी विकास मन्त्री। त्यसअघि सो मन्त्रालयको नेतृत्व चक्रपाणि खनालले गरेका थिए ।
लेखराज भट्ट- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री। त्यसअघि सो मन्त्रालयको नेतृत्व मातृका यादवले गरेका थिए ।
रामेश्वर राय यादव- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री। त्यसअघि सो मन्त्रालयको नेतृत्व गोकर्ण विष्टले गरेका थिए ।
वसन्तकुमार नेम्वाङ- भौतिक पूर्वाधार तथा यातायात मन्त्री। त्यसअघि सो मन्त्रालयको नेतृत्व रघुवीर महासेठले गरेका थिए।
पार्वत गुरुङ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री। त्यसअघि सो मन्त्रालय थममाया थापाको नेतृत्वमा थियो ।
मोतीलाल दुगड- उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री ।
नवराज रावत – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री ।
रामवीर मानन्धर- सहरी विकास राज्यमन्त्री ।








































