Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२९:५१ बिहान
- ADVERTISEMENT -

आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ५ सय ९७ नेपाली खेलाडीको सहभागिता

प्रकाशित मिति: २०७६ मंसिर ५, बिहीबार

786
Shares

काठमाडौँ , ५ मङ्सिर २०७६ । आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ५ सय ९७ नेपाली खेलाडीको सहभागिता रहने निश्चित भएको छ । राष्ट्रिय टिम तयारी समितिले पत्रकार सम्मेलन गरी प्याराग्लाइडिङबाहेक २८ खेलमा नेपालका ३ सय १३ पुरुष र २ सय ८४ महिला खेलाडीको प्रतिस्पर्धा रहने जानकारी दिएको हो ।

प्रतिस्पर्धी टिम नभएपछि सागबाट प्याराग्लाइडिङ खेल हटाइएको छ । यद्यपि टिम दर्ता समय बुधबारसम्म निर्धारण गरिएको छ । राष्ट्रिय टिम तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले संघसँगको सम्पर्कमा अन्य टिमको दर्ता सम्भावना समाप्त भएको जानकारी पाएपछि प्याराग्लाइडिङको खेलाडी कटौती गरिएको बताए । एथलेटिक्स र भारोत्तोलनमा पनि कटौती भएको छ । एथलेटिक्समा २८ जना र भारोत्तोलनमा ६ खेलाडी कटौती हुनेछन् ।

एथलेटिक्समा महिला र पुरुषका १८–१८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । हरेक स्पर्धामा एउटा देशबाट बढीमा २ खेलाडी समावेश गर्न पाइने प्रावधान छ । नेपालबाट एथलेटिक्समा पुरुषतर्फ २६ र महिलातर्फ १८ गरी ४४ खेलाडीको सहभागिता रहनेछ ।

‘हामीले सबै स्पर्धामा २ खेलाडी समावेश गरेका छैनौं । यद्यपि नेपालले सबै इभेन्टमा भाग लिनेछ । पदकको सम्भावना भएका म्याराथन, मध्यम दूरीका ८ सय, १५ सय, ५ हजार र १० हजार मिटरलगायतकादौडमा २ खेलाडी हुनेछन् । फिल्डतर्फका स्पर्धामा नेपाल कमजोर छ र त्यसमा एक खेलाडीमात्र राखिनेछ,’ खेलाडी कटौतीको कारणबारे एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्रबहादुर गुरुङले भने । उनले म्याराथन तथा ५ हजार र १० हजार मिटरमा स्वर्ण पदकको दाबीसमेत गरे ।

भारोत्तोलनले पनि १० मध्ये ७ स्पर्धामा मात्र सहभागिता जनाउने छ । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा अहिले पुरुष/महिला १०–१० खेलाडी छन् । नेपालले सहभागिता जनाउने स्पर्धाको टुंगो प्रतियोगिताको दुई दिनअघि मात्र लाग्ने संघका महासचिव पार्थ सारथी सेन गुप्तले जानकारी दिए । ‘यसअघिका दुई संस्करणमा पनि हामीले ६ स्पर्धामा मात्र सहभागिता जनाएका थियौं । अन्य टिमको दर्ता हेरेर पदकको सम्भावना बढी भएको तौल समूहमा प्राथमिकता दिनेछौं,’ उनले भने ।

पत्रकार सम्मेलनमा संयोजक रानाभाटले राष्ट्रिय टिम तयारीले गरेका काम र उपलब्धिको फेहरिस्त प्रस्तुत गरेका थिए । सागलक्षित तयारीका लागि २१ खेलका राष्ट्रिय टोलीले बैदेशिक प्रशिक्षण तथा प्रतियोगितामा सहभागी भएको, खेलाडीहरूलाई इन्ज्युरीबाट जोगिने, एन्टी डोपिङ, मनोवैज्ञानिक अभिप्रेरणा, पोषण र खुराक तथा प्रशिक्षण विधिविज्ञानबारे तालिम दिइएको उनले जानकारी दिए ।

सागलक्षित तयारीका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जेठ १५ देखि चरणबद्ध प्रशिक्षण सिविर सञ्चालन गरेको थियो । जेठ १५ देखि साउन १ सम्म विशेष प्रशिक्षण, साउन १ देखि भदौ १५ सम्म पहिलो चरण, भदौ १६ देखि असोज मसान्तसम्म दोस्रो चरण सम्पन्न भएको छ । कात्तिक १ देखि प्रतियोगितासम्म चल्ने तेस्रो चरणको प्रशिक्षण जारी छ । अहिले १२ खेलका राष्ट्रिय टोली विदेशमै रहेर तयारी गरिरहेका छन् ।

‘एसियाली खेलकुददेखि आठौंसम्मको तयारीका क्रममा बन्द प्रशिक्षणको अवधि लामो रह्यो । सागकै लागि पनि टोलीले ६ महिनाको प्रशिक्षण पाएका छन्,’ संयोजक रानाभाटले भने, ‘हामीले उच्च तयारी गरेका छौं र अहिलेसम्मकै उत्कृष्ट नतिजा हासिल हुनेमा ढुक्क छौं ।’ राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले शनिबार एउटा कार्यक्रममा नेपालले आसन्न सागमा ५० स्वर्ण जित्ने भविष्यवाणी गरेका थिए ।

राष्ट्रिय टिम तयारीका लागि ४५ करोड रुपैयाँ छुट्याइएको संयोजक रानाभाटले जानकारी दिए । ‘हामीले त्यही सिलिङमा रहेर खर्च गरेका छौं,’ उनले थपे । सागको तयारीमा रहेका खेलाडीले पहिलो, दोस्रो र तेस्रो चरणमा गरी क्रमश: २ हजार, २२ सय र २५ सय रुपैयाँ पाइरहेका छन् । त्यसबाहेक २ सय ५० रुपैयाँ पाकेट खर्च पनि उपलब्ध गराइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -