एजेन्सी, ३ मङ्सिर २०७६ । चीनको साङछी प्रान्तस्थित एक कोइला खानीमा विस्फोट हुँदा १५ जनाको मृत्यु भएको छ । विस्फोटमा परि अन्य ९ जना घाइते भएका छन् ।
उत्तरी क्षेत्रमा ‘साङ्छी पिङ्ग्यायो फेङ्ग्यान कोल एण्ड कोक ग्रुप’ले सञ्चालन गर्दैआएको कोइलाखानीमा ग्यास विस्फोट भएको हो । खानीभित्र ३५ जना कामदारले काम गरिरहेका थिए ।
खानीका कामदारहरुको असावधानीका कारण घटना भएको सरकारी अधिकारीहरुले बताएका छन् । यसअघि पनि चीनमा खानीभित्र विस्फोट भएको थियो ।
२०१८ डिसेम्बरमा ७ जना खानीका कामदारको मृत्यु भएको थियो । गत वर्ष नै अक्टोबर महिनामा २१ जनाको विस्फोटबाटै मृत्यु भएको थियो ।








































