काठमाडौँ, २ मङ्सिर २०७६ । पाकिस्तान सुपर लिग (पीएसएल)ले आज सार्वजनिक गरेको विदेशी खेलाडीको ‘सिल्भर क्याटगोरी’ को ड्राफ्टमा पुर्व कप्तान पारस खड्कासहित ७ नेपाली खेलाडीहरु परेका छन् ।
‘सिल्भर क्याटगोरी’ को ड्राफ्टमा पारस खड्कासहित आरिफ शेख, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, शरद भेषावकर र सोमपाल कामीरहेका छन् ।
पीएसएलमा खेलाडीलाई ५ क्याटगेरिमा राखिएका छन्। इमर्जिङ क्याटगोरीका खेलाडीले ६।५ देखि ९।५ हजार अमेरिकी डलर पाउने छन् । त्यस्तै सिल्भरमा पर्नेले १५ देखि ३५ हजार अमेरिकी डलर पाउने छन् । गोल्ड क्याटगोरीका खेलाडीले ४४ देखि ५८ हजार अमेरिकी डलर पाउँछन् ।
डाइमन्ड क्याटगोरीका खेलाडीले ७३ हजार देखी १ सय ३ पाउण्ड सम्म पाउने छन् । त्यस्तै प्लेटिनम क्याटगोरीमा रहेका खेलाडीले १ लाख ४७ हजार देखी २ लाख १८ हजार अमेरिकन डलरसम्म प्राप्त गर्ने छन् ।









































