काठमाडौं, २ मंसिर २०७६ । नेपाल भ्रमणमा रहेका भारतका पूर्व क्रिकेट स्टार सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । आइतबार बालुवाटार पुगेर ओलीलाई भेट्दा तेन्दुलकर निकै खुशी भएका थिए ।
ओलीले तेन्दुलकरको उच्च प्रशंशा गरे । टेलिभिजनमा आफूले तेन्दुलकरको खेल हेरेको समेत सुनाए । ओलीले तेन्दुलकरलाई धातुको मूर्ति उपहार दिए । नेपाली कलाको मूर्ति पाउँदा तेन्दुलकर निकै खुशी भएका थिए ।
तेन्दुलकरले शनिबार पशुपतिनाथको दर्शन गरेका थिए । उनले नेपालको सुन्दरताको निकै प्रशंशा गरे ।








































