जापान, २९ कात्तिक २०७६ । सुर्य ईन्टरनेसनल अवार्ड २०१९ लछित भ्रामक समाचारप्रति खेद प्रकट गरेको छ । आज एक बिज्ञप्ति जारी गर्दै सम्पूर्ण सरोकारवालामा ध्यानाकर्षण गराएको छ ।
गत बर्ष सुर्य ईन्टरनेशनल अवार्ड २०१८ मा सरिक हुने कलाकारबीच मिसाएर केही व्यक्तिलाई जापानमा छोडेको र अवार्डको नाममा सुर्य कर्पोरेशनको अवैध धन्दा भन्ने समाचार पूर्णरुपमा भ्रामक समाचार हो । यसवारे हाम्रो संस्थाको ध्यानाकर्षण भएको छ । यसको वारेमा थप जानकारी चाहिएमा गत बर्ष अवार्डको नाममा भिषा निवेदन दिई भिषा लिएर जापान आउने कुल कलाकारहरुको डाटा जापानिज एम्बेसी र एरपोर्ट ईमिग्रेशनमा पनि हुन्छ ।
त्यसबाट उपलब्ध गराउन सकिनेछ । साथै गत बर्ष सबै फिर्ता भएकै कारण यो बर्ष शतप्रतिशत भिषा प्रदान गरेको हो । यसले पनि यस्ता समाचार भ्रामक हो भन्ने पुष्टि गर्छ ।
यस्तो खालको समाचार र हल्ला हाम्रो लागि नौलो कुरा होईन । गत बर्षै हामीलाई आरोप नलागेको होईन । त्यसैले पनि यो बर्ष यस्ता हल्ला र निराधार समाचारहरु आउँछन् भन्ने लागेको थियो । यो पटक अझ मजाक तरिकाले भ्रमक समाचार प्रकाशित गरेको हुदाँ हाम्रो ध्यानकर्षक भएको हो । जापानमा सम्पन्न हुनगईरहेको दोश्रो सुर्य ईन्टरनेशनल अवार्डलाई असर पार्नको लागि यस्ता भ्रामक समाचार हल्लाको रुपमा आएको हाम्रो स्पष्टता छ । नेपालमा गलत समाचार सम्प्रेषण गने अनलाई मध्ये सयौं अनलाईन फेक समाचार प्रकाशनमा व्यस्त भएको हामीले दिनहुँ देख्दै र पढ्दै आएका छौं । त्यसमध्येकै एउटा अनलाईनले यस्तो भ्रामक समाचार प्रकाशित गरेकोमा हाम्रो आपत्ति रहेको हो ।
जापानमा बस्दै आएका पत्रकार मानिने शान्त पहारी, जसले केही समय अगाडी जापानमै खै के नामको अवार्डको आयोजना गर्न भने ढोल पिटे । नेपालका प्रतिष्ठित व्यक्तिहरु ल्याउने भने हल्ला पनि गरे । अन्तत उहाँहरु अवार्डमा आईदिएनन् ।
कतिको भिषा नै अस्विकृत भयो । केही मान्छेलाई अवार्डम भनेर बोलाईयो । तर, जापानको एयरपोर्टबाट फकाईयो । त्यसपछि उक्त अवार्ड असफल भयो । त्यहिबेला देखी शान्त पहारी (नागरिक खबरसँग जोडिएको पत्रकार पनि) र उक्त आयोजकहरु हाम्रो अवार्डलाई असर पार्न निरन्तर लागिरहनु भएको कुरा सरोकारवालाहरु संग कुरा गर्दा थाहाहुन आएको छ ।
हाम्रो अवार्ड र संस्थालाई बद्नाम गर्न उहाँले जापानमा भएका सबैजनालाई बोलीदिन आग्रह गर्दै पैसाको प्रलोभन समेत नदेखाईएको होईन । हाम्रो संस्था अन्य ट्राभल्स एजेन्सी मध्ये जस्तैको एक पनि हो । हामीले राष्ट्रिय र अन्र्ताष्ट्रिय दुबै खालको टुर प्याकेजहरु बनाउने र विक्रि गर्ने काम गर्छौं । यसको साथै भिषा डकुमेन्टेशन सर्भिसहरु पनि दिन्छौं । जापानमा हाम्रो अफिस रहेको कारण हामी जापानलाई विशेष प्रथामिकता दिन्छौं । जापानमा समस्यामा परेका नेपालीहरुको डकुमेन्टेशनका कामहरुमा समेत अफिसियल्ली हामीले सहयोग र पहल कदमी गर्दै आईरहेका छौं । नेपालबाट भिजिट भिषामा जापान जानको निमित्त हामी २ लाख ७० हजार र ४ लाख ७० हजार गरी २ प्रकारको प्याकेज समावेश गर्ने गछौं । पारिवारीक तथा साथीभाई भेटघाटको निमित्त भिजिट भिषा को साथै जापानमा विजनेस भिषाको डकुमेनटेशनको काम समेत हामीले गर्ने गर्छौ । नेपालबाट भिजिट भिषामा गई जापानमा बिज़नेस भिजा बनाउने नेपलीहरु पनि हाल बढ्दो संख्यामा पाईन्छ । त्यस क्रममा, हवाई टिकट , खान र बस्न सहितको प्याकेजको ( २ लाख ७० हज़ार ) , कम्पनि रजिस्टर ( ३ लाख ) , अफिस रजिस्ट्रेशन र सेटअप ( ५ लाख ५० हजार ) , वकिल खर्च ( ८० हज़ार ) , एडिसनल ( अफिसियल डकुमेन्टसन चार्च ५० हजार ) गरी करिव १० देखी १२ लाख खर्च गरेर केही हाम्रा ग्राहकहरु विजनेस भिषा बनाउन जापान आउने जाने गरेका छन् ।
यसको विषयमा बोल्दै नबोलेको कुराहरु लेख्ने, बोलेका कुराहरु बङ्गयाएर लेख्ने, कसैलाई बल प्रयोग गरेर अनावश्यक रुपमा टर्चर दिने, राई नाम भन्दै अर्काको बेइजत गर्ने, कसैको भिषामा केरमेर गरेर प्रमाण भन्दै राख्ने यस्ता खालका समाचार प्रति हाम्रो ध्यानाकर्षण रहेको हुदाँ सरोकारवालमा यो जानकारी गराउँदछु ।
गत बर्ष ४९ जना कलाकारको टोली जापान पुगेको र ४९ फिर्ता आएको रेकर्ड एम्बेसी र एयरपोर्ट इमिग्रेशनमा पनि छ । यस्ता भ्रामक समाचारको पछि नलाग्न सबैलाई अनुरोध गर्दछु । यस बर्ष पनि आधा दर्जन पत्रकार सहित ४ दर्जन कलाकार र अवार्डमा सहभागी हुन २ लाख ७० हजारको टुर प्याकेज सहित २ दर्जन गरी ७० जनाको टोली जापानमा हुने दोश्रो सुर्य ईन्टरनेशनल अवार्डमा सहभागी हुनेछन् । सबैको डाटा हामी शुरुमा प्रेसमिट गरि सार्वजनिक गर्नेछौं । पछि नेपाल फर्कदा फर्किसकेको डाटा पनि जस्ताको तस्तै सार्वजनिक गर्नेछौं । यतिखेर हामी नेपाल भ्रमण बर्ष २०२०, नेपाल एयरलाईन्स र चलचित्र क्षेत्रको जापानमा प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयेजना गर्न लागिएको अवार्डमा होमिएका छौं । हामीसँग समय अलि कम छ । जसको विषयमा भ्रामक समाचार आईरहेको छ (राई भनिएको केटा र भिषा केरमेर केटा), सोही व्यक्तिको आधिकारिक स्पष्ट धारणा बेगरनै तयार गरिएको प्रतिसोधपुर्ण समाचारको हामि छानबीन गर्नेछौं र सबै कुरा समेटि पूर्ण विवरण सहित छिटै पत्रकार भेटघाट गर्नेछौं । आवस्यकता अनुरुप मानहानीको मुद्दाको प्रकृया अवलम्बन गर्न सकिने हुंदा संस्था सम्बन्धी कुनै पनि जानकारीका लागि आधिकारिक व्यक्तिहरुसँग सम्पर्क गर्न सम्बन्धित सबैमा अनुरोध छ ।
धन्यवाद
शम्भु लामिछाने
प्रबन्ध निर्देशक
सुर्य कर्पोरेशन प्रा लि
बिज्ञप्ति









































