गोरखा, २८ कात्तिक २०७६ । गोरखाको वारपाक सुलिकोट गाउँपालिका–८ गैरीछापमा बुधबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको घटना स्थालमा मृत्यु भएको छ ।
ग १ त ४०३७ नम्वरको ट्याक्टर दुर्घटनामा नवलपरासी रामग्राम नपा–११ का ३० वर्षीय जगदीशप्रसाद चौधरीको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।
कच्ची सडककै कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।
रड र सिमेन्ट लिएर वारपाक सुलिकोट गाउँपालिका–७ धारापानीतर्फ जाँदै गरेको ट्याक्टर सडकबाट सयमिटर तल खसेको ट्राफिक प्रहरी टिका शर्माले बताउनु भयो । ‘साँघुरो र उकालो सडकमा ब्याक गेयरले नधानेपछि दुर्घटना भएको बुझेका छौँ,’ भन्नुभयो ।








































