Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३४:१५ दिउँसो
- ADVERTISEMENT -

सीमा सुरक्षा सशक्त बनाउँदै सरकार : थप १ सय बढी बीओपी थपिँदै

प्रकाशित मिति: २०७६ कात्तिक २७, बुधबार

677
Shares

काठमाडौं, २७ कात्तिक २०७६ । सरकारले भारत र चीनसँग सीमाना जोडिएका स्थानको सुरक्षालाई सशक्त बनाउने गरी थप बोर्डर अब्जर्भर पोस्ट (बीओपी) राख्ने गरी सघन तयारी अघि बढाएको छ ।

चीनसँगको सीमा क्षेत्रमा समेत सरकारले पहिलोपटक स्थायी बीओपी राखेर सीमा सुरक्षालाई बलियो बनाउनेगरी तयारी गरेको हो । भारतले नेपाली भूमि लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेलगत्तै सीमा सुरक्षाका विषयमा राष्ट्रिय एकता बनेको सरकारले बताउँदै आएको छ ।

गृहमन्त्री रामबहादुर थापाले सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नै सीमा सुरक्षामा राष्ट्रिय एकता बनेको र सीमा सुरक्षाका लागि थप बीओपी सञ्चालन गर्न लागिएको बताएका थिए ।

सरकारले भारत र चीनसँग जोडिएका थप १ सय स्थानमा सशस्त्र प्रहरीकोे प्रस्तावमा थप बीओपी राख्ने गरी तयारी गरेको हो । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले भारत र चीनसँगका सीमा क्षेत्रमा १ सयभन्दा बढी बोर्डर अब्जर्भर पोस्ट (बीओपी) थप गर्नेगरी नीतिगत तयारी अघि बढिसकेको बताए ।

‘सीमा क्षेत्रमा सयभन्दा बढी बोर्डर अब्जर्भर पोस्ट (बीओपी) थप गर्नेगरी नीतिगत तयारी अघि बढिसकेको छ, जनशक्ति व्यवस्थापनका विषयमा थप परामर्श हुँदै छ,’ गृह प्रवक्ता शर्माले राजधानीसँग भने ।

शर्माले सशस्त्र प्रहरीमा नयाँ जनशक्ति पदपूर्ति गरेर जनशक्ति व्यवस्थापन गर्न तत्काल सम्भव नभएका कारण थप बीओपीमा खटाइने जनशक्तिलाई भन्सार, गण, गुल्म, बाहिनी तथा हेडक्वार्टरमा खटाइएका मध्येबाट कटौती गरेर व्यवस्थापन गर्नेगरी छलफल भइरहेको जनाए ।

हाल भारतसँगको सीमातर्फ नेपाली सीमाको सुरक्षा गर्न सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा १०७ वटा बीओपी सञ्चालनमा छन् । प्रत्येक बीओपीमा ३५ जनाको समूहमा टोली खटाइएको छ । सशस्त्र प्रहरीको एक बीओपीबाट अर्को बीओपीको दूरी १८ देखि २० किलोमिटरमा छ ।

नेपालको भारतसँग करिब १ हजार ८८० र चीनसँग १ हजार ४१४ किमि सीमा जोडिएको छ । सबै बीओपीमा गरी सशस्त्र प्रहरीको ३ हजार ७४५ जना सीमा सुरक्षामा खटिएका छन् । हाल सशस्त्र प्रहरीको कुल दरबन्दी ३७ हजार ११७ छ ।

हामीले थप बीओपीको प्रस्ताव गृह मन्त्रालयमा पठाइसकेका छौं, प्रस्ताव स्वीकृत भएलगत्तै सबै स्थानमा बीओपी सञ्चालनमा ल्याउँछौं

शैलेन्द्र खनाल

सशस्त्र प्रहरी महानिरीक्षक

समिा क्षेत्रमा सयभन्दा बढी बोर्डर अब्जर्भर पोस्ट (बीओपी) थप गर्नेगरी नीतिगत तयारी अघि बढिसकेको छ, जनशक्ति व्यवस्थापनका विषयमा थप परामर्श हुँदै छ

केदारनाथ शर्मा

गृह प्रवक्ता

चीनसँग जोडिएका नाकामा भने सरकारले हालसम्म बीओपी राखेको छैन । स्थायी बीओपी नराखे पनि सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी र मुस्ताङको कोरला नाकाको सुरक्षामा जिल्लाबाट नै सशस्त्र प्रहरी खटाइँदै आइएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले थप बीओपीबारे गृह मन्त्रालयमा प्रस्ताव लगिएको र स्वीकृत भएलगत्तै सञ्चालनमा ल्याइने जानकारी दिए ।

‘हामीले थप बीओपीको प्रस्ताव गृह मन्त्रालयमा पठाइसकेका छौं, प्रस्ताव स्वीकृत भएलगत्तै सबै स्थानमा बीओपी सञ्चालनमा ल्याउँछौं,’ सशस्त्र प्रहरी महानिरीक्षक खनालले भने ।

नयाँ खुल्ले बीओपीमा समेत सशस्त्र प्रहरी निरीक्षककै कमान्डमा टोली परिचालन गरिने उनले जानकारी दिए ।

सरकारले चीनसँगका चार सीमामा समेत बीओपी सञ्चालन गर्नेगरी तयारी गरेको हो । जसअनुसार दार्चुलाको लिपुलेक र कालापानी, हुम्लाको हिल्सा, मुस्ताङको लोमन्थाङ र संखुवासभाको किमाथांकामा बीओपी खोल्ने सरकारको तयारी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -