अर्घाखाँची, २७ कात्तिक २०७६ । अर्घाखाँची प्रिमियर लिग (एपिएल)को तेस्रो संस्करणको उपाधी एम्स स्टारले हात पारेको छ । फाइनल खेलमा नमस्ते अर्घाखाँचीलाई २६ रनले पराजित गदै एम्स स्टारले पहिलो पटक उपाधी उचालेको हो ।
टस हारेर ब्याटिङ रोजेको एम्स स्टारले १९।५ बलमा सबै विकेट गुमाउँदै ११० रन बनाएको थियो । एक सय ११ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नमस्ते अर्घाखाँची १८।४ बलमा ८४ रनमै क्याच आउट भए । जितसँगै एम्स स्टारले नगद एक लाख ५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र पाए ।
यसैगरी उपविजेतामा खुम्चिएको नमस्ते अर्घाखाँचीले नगद ५५ हजारसहित मेडल र प्रमाणपत्र पाप्त गरे । यस्तै नमस्ते अर्घाखाँचीका सौरभ खत्री प्लेयर अफ द टुर्नामेन्टको रुपमा पुरस्कृत भएका छन् । उनले प्रतियोगीता भरी १६० रन बनाउनुका साथै १२ विकेट पनि लिएका थिए ।
यसैगरी, एम्स स्टारका सुवास थापाले प्रतियोगीतामा १७५ रन बनाएका साथै बेस्ट ब्याट्सम्यान घोषणा भए भने, नमस्ते अर्घाखाँचीका नवजिवन क्षेत्री १७ विकेट हात पादै बेस्ट बलर र १३ छक्का प्रहार गरेका नमस्ते अर्घाखाँचीका कप्तान मनोज सापकोटा मोस्ट सिक्सेस अफ द टुर्नामेन्ट भए ।









































