Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५३:०४ बिहान
- ADVERTISEMENT -

कालापानीबारे भारतसँग दरिलोसँग विषय उठाउने प्रधानमन्त्री : गिरिजाप्रसाद कोइराला

प्रकाशित मिति: २०७६ कात्तिक २४, आइतबार

594
Shares

काठमाडौँ, २३ कात्तिक २०७६  । कालापानीमा भारतीय सेना रहेको छ । चीनसँग सीमायुद्ध गर्दा भारतले कालापानीमा सेना राख्यो । त्यतिबेला नेपाली पक्षले भारतलाई चिढ्याउन चाहेन । तत्कालिन राजा महेन्द्रले युद्धभर मतलब गरेनन् ।

महेन्द्रले त्यसपछि मौनता नसाँधेको बताउँछन् पूर्व परराष्ट्रमन्त्री समेत रहेका कुटनीतिज्ञ मामलाका जानका डा. भेषबहादुर थापा । थापाका अनुसार चीनसँगको युद्धमा कालापानीमा भारतीय सेना बस्यो त्यसपछि फर्किएन ।

कालापानीमा भारतीय सेना बसेपछि फिर्ता जान कुटनीतिक पहल नभएको होइन । पञ्चायतकालमा राजा महेन्द्रले बारम्बार पहल गरे । तर, उनी सफल भएनन् । त्यसपछि राजा वीरेन्द्रको पालामा पनि पहल भयो ।

बहुदलीय व्यवस्था आएपछि २०४८ सालको आमनिर्वाचनपछि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले कालापानीका विषयमा भारतीय पक्षसँग कुटनीतिक माध्यमले कुरा राखे । कोइराला सबैभन्दा बढी कालापानीको विषयमा दरिलोसँग कुरा उठाउन प्रधानमन्त्री भएको बताउँछन् भारतका लागि नेपालका राजदूतको लामो अनुभव सँगालेका डा. भेषबहादुर थापा । उनले भने, ‘कालापानीको विषयमा गिरिजाप्रसाद कोइरालाको पालामा सबैभन्दा धेरै कुरा उठेको हो ।’

कोइराला प्रधानमन्त्री हुँदा परराष्ट्र सचिवस्तरमा त्यसबारे वार्चा गर्ने भनेर स्टेटमेन्ट नै आएको बताउँछन् थापा । उनले भने, ‘गिरिजाबाबुको पालाको स्टेटमेन्टमा कालापानीबारे परराष्ट्र सचिवस्तरमा वार्ता गर्ने भनेर निष्कर्षमा पुगेको छ ।’ कोइरालाले देशभित्र सडकमा निकै आलोचना खेप्थे तर विषयको उठान सही ठाउँमा गर्थे । उनले कालापानीको विषय भारतीय पक्षसँग उठाउन छाडेनन् ।

भारतसँग कालापानीका सवालमा गिरिजाबाबु, सूर्यबहादुर थापा र शेरबहादुर देउवाले पनि दरिलो ढंगले कुरा उठाउएको बताउँछन् डा. थापा । नेपाली नेताहरुले विषय उठाएपनि त्यसको समाधान निस्कन सकेन ।

देशमा अहिले यस्को पालामा र यस्ले गर्दा कालापानीमा भारतीय सेना बस्यो भनिएपनि दोष थोपरेर उम्कने शैली देखिएको छ । यो समस्याको हल ननिस्केको सत्य हो । तर, नेपाली पक्षले पनि कुटनीतिक सामथ्र्यता देखाउन सकेन जसले कालापानी समस्याको हल होस् ।

अझै पनि नेताहरुमा एकले अर्कालाई अराष्ट्रवादी देखाउने र दोष थोपर्ने शैली गएको छैन । देशको भूमी जोगाउने सवालमा दोषरोपण भन्दा पनि सुझबुझसाथ एकतावद्ध भएर कुटनीतिक र राजनीतिक माध्यमले समस्याको हल खोजिनुपर्छ । सीमा जस्तो संवेदनशील विषयमा जनतालाई भ्रम छर्ने राजनीतिक पाखण्डपन प्रदर्शन गर्नु हुँदैन । सम्बन्धित देशसँग कुटनीतिक र राजनीतिक पहल गर्नसक्नुपर्छ । रिपोर्टर्स नेपालको साथमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -