दार्चुला, २३ कात्तिक २०७६ । दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नं. १ अन्तर्गत नेपाली भूमिमा पर्ने लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतले आफ्नो नयाँ नक्सामा पारेको प्रति स्थानीय जनप्रतिनीधिले ध्यानाकर्षण भएको जनाएका छन् ।
संयुक्तरुपमा शुक्रबार एक विज्ञप्ती जारी गर्दै अतिक्रमित नेपाली भूमिको रक्षा र संरक्षणका लागि नेपाल सरकारबाट तत्काल चालिनुपर्ने कदमहरु चाल्न जोडदार माग गरेका छन् । स्थानीय जनप्रतिनीधिले यथाशिर्घ भारतसंग कुटनितिक पहल थाल्न पनि सरकारसंग माग गरेका छन् ।
अतिक्रमित नेपाली भुमिको रक्षा र नेपाल सरकारले तत्तकाल चालिनुपर्ने ६ बुँदे माग राखि स्थानीय जन प्रतिनिधिहरुले ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले तत्तकाल नेपाली भुमी फिर्ता नभए देशले रगत मागे बलि चड्न तयार रहेको बताउँदै स्थानीय युवाहरुले सामाजिक सञ्जालमा निकै आक्रोश पोखेका छन् ।








































