काठमाडौं, २० कात्तिक २०७६ । सत्तारुढ दलका नेताले नै भारतीयले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि भारत भनी देखाएको भन्दै आपत्ति प्रकट गरेका छन।
भारत सरकारले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि भारतमा समेटिएको भन्दै नेपाल मज दुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)ले विरोध जनाएको छ ।
नेकपाका स्थायी समिति सदस्य भिम रावलले ट्विट गर्दै नेपालको लिम्पियाधुरा लिपुलेक क्षेत्र भारत सरकारले नक्शामा भारतीय भूमी भनी देखाएको प्रति आपत्ति जनाएका छन् ।
उनले नेकपा स्थायी कमिटीको र सर्बदलीय बैठक बोलाउनुका साथै कूटनीतिक माध्यमबा ट तत्काल भारतसँग वार्ता गर्नु पर्ने उनको भनाइ छ। उनले भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको पहिलो कर्तव्य भएको उल्लेख गरेका छन्।
नेमकिपाले आज मंगलबार विज्ञप्ति जारी गर्दै नक्सालमा नेपाली भूमि भारतमा परेको बारे नेपाल सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेको छ। भारत सरकारले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग काला पानी, लिपुलेक लिम्पियाधुरा भारत मा समेटिएको भन्दै राप्रपाले आपत्ति जनाएको हो।
नेपाली भूभाग भारतले अनधिकृत रुपमा कब्जा गरेकोमा नेपालले विगत देखि निरन्तर विरोध गर्दै आएको भन्दै राप्रपाले आफ्नो भूभागको रक्षा गर्न र राष्ट्रियता जस्तो संवेदनशील विषयमा गम्भीर बन्न सरकारसँग माग गरेको छ।
प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भारतको यस कामको कूटनीतिक ढंगबाट प्रतिवाद गर्न सरकार र प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइएको छ।








































