एजेन्सी, १३ कात्तिक २०७६ । अमेरीकी वायुसेनाको गुप्त स्पेसक्राफ्ट एक्स–३७बी आइतबार पृश्वी लाई ७८० दिनसम्मको परिक्रमा गरे पश्चात पुन धर्तिमा फर्किएको छ । यो स्पेसक्राफ्ट हेर्दा सानो स्पेसक्राफ्ट जस्तो देखिन्छ ।
सुत्र अनुसार, अमेरिकी वायुसेना यो स्पेसक्राफ्ट को प्रयोग पृश्वी को वाहिरी कक्ष मा कुनै स्पेशल मिशनको लागी पठाइने गरीन्छ । यो अपरेसन सैन्य प्रयोगको इतिहासमा यति लामो समयसम्म कुनै टेस्ट अहिलेसम्म भएको छैन ।
अमेरिकी वायुसेनाले भने यो प्रयोगसँग सम्बन्धित कुनै पनि विस्तृत जानकारी अहिलेसम्म दिन इनकार गरेको छ । उनीहरुको तर्फबाट केवल यो मात्र भनिएको छ कि यस प्रकारको कार्यक्रमको उदेश्य अन्तरिक्षमा पैदा हुने चुनौतीहरुलाई कम गर्न र अन्तरिक्षमा प्रयोग हुने वाहानलाई फेरी प्रयोग गर्ने हेतुले बनाएको हो ।
अमेरिकी वायुसेना अनुसार, एक्स–३७बी मिशन ले वायुुसेना अनुसन्धान प्रयोगशाला (एएफआरएल) को लागी कैयौ प्रयोग गरीयो । एएफआरएल अन्तरिक्ष, वायु र साइबरस्पेस सेक्टरको लागी वारफाइटिङ टेक्नोलोजी विकसित गर्दछ ।








































