काठमाडौँ, १३ कात्तिक २०७६ । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य गगन थापा अध्ययनका लागि सिंगापुर पुगेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफू शहरी क्षेत्रको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई कसरी दिगो र व्यवस्थित बनाउने भन्ने विषयमा अध्ययनका लागि सिंगापुर पुगेको जानकारी दिएका हुन् ।
सिंगापुरको नानयाङ टेक्नोजोजिकल विश्वविद्यालयमा विद्यार्थीका रुपमा एक साता रहने र त्यहाँ रहँदा शहरको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई दीगो र व्यवस्थित बनाउन सूचना प्रविधिको उपयोग लगायतका विषयमा अध्ययन गर्ने थापाले जानकारी दिएका छन् ।
उनी वर्ल्ड इकोनोमिक फोरमको छात्रवृत्तिमा अध्ययनका लागि सिंगापुर पुगेका हुन् ।
उनले समाजिक सञ्जालमा भनेका छन्, ‘ अबको साता शहरको यातायात,स्वास्थ्य र आवास क्षेत्रलाई दीगो र व्यवस्थित बनाउन सुचना प्रविधिको उपयोग लगायतका विषयमा अध्ययन गर्न सिंगापुरकाे NANYANG TECHNOLOGICAL UNIVERSITY मा विद्यार्थीको रुपमा रहनेछु। World Economic Forum को छात्रवृत्तिमा फेरी विद्यार्थी हुने मौका मिल्यो।#WEF #YGL‘
थापाले नेपाली हिन्दुहरुको दोस्रो ठुलो चाड तिहारको टिका पनि सिंगापुरमै नेपाली चेलीको हातबाट लगाएका छन् । उनले ३० वर्ष देखि भाइटिका लगाइरहेको बहिनी निर्मला नकर्मी चान संग भाइटिका लगाउने संयोग मिलेकोले खुशी ब्यक्त गरेका छन् । उनले सिगांपुरे तरिकामा भाइटिका लगाएका बताएका छन् ।
उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘कस्तो सुखद संयोग१ अध्ययनको लागि सिगांपुरमा आउँदा पनि भाइटीका छुटेन। यही बसोबास गरेर बसेकी बहिनी निर्मला नकर्मी चान सँग भाइटीका । ३० वर्ष देखि भाइटीका लगाइरहेको बहिनीसँग आज भने सिगांपुरे तरिकामा भाइटीका ।’








































