काठमाडौं, ११ कात्तिक २०७६ । सीरिया बाट आफनो फौज हटाएसँगै अमेरीका आतंकवादी संगठन आईएसआईएस लाई अन्त्य गर्नको लागी कार्रवाहीहरुलाई तेज पार्दे गईरहेको छ ।
आइतवार अमेरिकी फौजले इस्लामिक स्टेट का नेता अबू बकर अल बगदादी लाई निशाना बनाउदै एउटा अपरेशनलाई अन्तिम रुप दिएको छ ।
सुत्रको हवाला अनुसार, अमेरिकी वायुसेना द्धारा गरिएको हवाई आक्रमणमा आईएसआईएस सरगना बगदादी मारीएका छन् । यसैलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप ले पनि ट्विट गरेका छन् । यो ट्विटमा उनले लेखेका छन केही धेरै ठुलो भएको छ । भनीएको छ कि केही समयमा ब्हाइट हाउस यसलाई लिएर आधिकारीक बयान जारी गर्न सक्दछ ।
यो भन्दा पहिला पनि कैयौ पटक बगदादी मारिएको खबर आइराख्थ्यो । तर यो पटक मानिएको छ कि बगदादी मारीएको केही प्रमाण अमेरीकाले पेश पनि गर्न सक्दछ ।
व्हाइट हाउसले शनिवार देर राति भनेको थियो कि राष्ट्रपति डोनाल्ड ट्रंप आइतवार विहान एउटा ठुलो बयान दिनेछन् । यस विषयमा आधिकारीक जानकारी भने दिइएको छैन । व्हाइट हाउस का उप–प्रेस सचिव होगन गिडले भनेका छन कि अमेरिकी राष्ट्रपति आइतवार विहान ९ बजे ठुलो बयान दिनेछन् ।








































