गोरखा, २ कात्तिक २०७६ । गोरखा बजारदेखि सिरानचोक गाउँपालिका श्रीनाथकोट ७ को पाटी भन्ज्याङ्गसम्म सार्बजनिक सवारी साधन संचालन हुने भएको छ ।
आर्थिक बर्ष २०७५÷७६ को बजेटबाट सिरानचोक गाउँपालिका र वडा न ७ का वडाध्यक्ष सुरज ढकालको बिशेष पहलमा पाटी भन्ज्याङ्गसम्म बाटो बिस्तार गरी सार्बजनिक यातायात संचालन गरिन लागेको हो । गोरखा बजारदेखि १२ किलो, चोरकाटे, खहरे, शिखर भोर्ले, सिम्ले, लप्से भंगेरी, झारगाउ हुदै पाटी भन्ज्याङ्गसम्म यातायात निर्वाद रुपमा आवत जावत गर्नसकिने भएको छ । गोरखाबाट केराघारी, तल्लो गोहोरे, उपल्लो गोहोरे हुदै वडा कार्यालय सम्म रुटका यातायात संचालन हुनेछ ।
सिरानचोक गाउँपालिका श्रीनाथकोट ७ को पाटी भन्ज्याङ्गबाट गोरखा बजारसम्म बिहान ७ बजे बस छुट्ने व्यवस्था मिलाइएको छ, भने गोरखा बजारदेखि दिउसो २ बजेर ३० मिनेटमा पाटी भन्ज्याङ्गसम्म जानका लागि बस छुट्ने व्यवस्था मिलाइएको छ । त्यसैगरी, सिरानचोक गाउँपालिका ७ को वडा कार्यालयबाट गोरखा बजारसम्म बिहान ७ बजे बस छुट्ने व्यवस्था मिलाइएको छ, भने गोरखा बजारदेखि दिउसो ३ बजेर ४५ मिनेटमा बस छुट्ने व्यवस्था मिलाइएको छ ।
गत वर्ष नै सिरानचोक गाउँपालिका वडा ७ तल्लो गोहोरेमा वडा अध्यक्षको पहलबाट रुट परमिट लिएर बस संचालन भएको थियो । नियमित बस सेवा संचालन गरी आम जनसमुदायलाई राहत पर्याउने वडा अध्यक्ष सुरज ढकालले प्रतिबद्दता अहिले संगै गोरखा बजारदेखि पाटी भन्ज्याङ्गसम्म नियमित यातायात संचालन गराउन सफल भएका हुन । त्यसैगरी, आर्थिक बर्ष २०७६÷७७ को बजेटबाट पाटी भन्ज्याङ्गदेखि आरूबोट चिप्लेटीसम्म रुट संचालन गरिने वडा अध्यक्ष सुरज ढकालले जानकारी दिए।
जिल्लाको ग्रामिण भेगमा यातायात सञ्चालन गर्दै आइरहेको दरौदी यातायात प्रालि गोरखाद्धारा अन्य ठाउमा संचालन भइरहेको बससेवा दरौदी यातायातसंग रुट परमिट लिएर दैनिक रुपमा बस संचालन गरिएको छ ।








































