गोरखा २ कात्तिक २०७६ । गोरखाको सहिद लखन गाउपालिका–८ बुंङकोट घर भई हाल हङ्ककङ बस्दै आउनु भएका गोकुल खड्काले वडाको एक बिधालयलाई कम्युटर तथा बिधार्थीहरुलाई छात्रबृति प्रदान गर्न अक्षयकोष स्थापना गरिदिनुभएको छ ।
उहाँले कार्यक्रमका बिच वडा नम्बर ८ स्थित श्री रामेश्वरी माध्यामिक बिधालयलार्य ७ थान कम्प्युटर र रङ्गिन प्रिन्टरले प्रदान गर्नुभएको वडाध्यक्ष काशीनाथ अम्गाईले जानकारी दिनुभयो ।
बिधालयमा अध्ययनरत गरिव तथा जेहेन्दार बिधार्थीहरुको पठनपाठनमा सहयोग पु¥याउन भन्दै आफ्नो दिबंगत साथिको स्मृतिमा रु २ लाख २० हजार रुपैयाको अक्षय कोष स्थापना गर्नुभएको वडाध्यक्ष अम्गाईले बताउनुभयो ।
कोष स्थापना भएसंगै बिधालयमा आर्थिक अभावका कारण बालबालिकाहरुले शिक्षाबाट बञ्चित हुनपर्ने अबस्था अन्त्य भएको उहाँको भनाई छ ।








































