काठमाण्डौँ, २६ असोज २०७६ । नेपाल र चीनबीच १७ वटा विषयमा समझदारी भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकिय नेपाल भ्रमणको क्रममा हस्ताक्षर भएको हो ।
सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा हस्ताक्षर भएको हो । समझदारीहरु पूर्वाधान निर्माणसम्बन्धि छन् ।
समझदारी पत्रमा टोखा– छहरे सुरुङमार्ग निर्माण, रसुवागढी–काठमाण्डाै र तातोपानी–काठमाण्डाै सडक स्तरोन्नति, मदन भण्डारी विश्व विद्यालयलगायत विषय समेटिएका छन् ।








































