Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०३:४६ बिहान
- ADVERTISEMENT -

२३ वर्ष अघि ज्याङ चेमिनको नेपाल भ्रमण यस्तो थियो

प्रकाशित मिति: २०७६ असोज २५, शनिबार

543
Shares

काठमाडौं, २५ असोज २०७६। चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमण गर्नुहुने चीनको तेस्रो राष्ट्रपतिको रुपमा त्रिभुवन विमानस्थलमा अबको केही घण्टामा पाइला टेक्दै हुनुहुन्छ ।

२३ वर्षअघि चिनियाँ राष्ट्रपति ज्याङ चेमिनले दुई दिने नेपाल भ्रमण गर्नुभएको थियो । २३ वर्ष अघि चिनियाँ राष्ट्रप्रमुखको हैसियतमा चेमिनले गर्नुभएको नेपाल भ्रमणमा के के भएको थियो त ?

२०५३ मंसिर १९ गते चीनका तात्कालीन राष्ट्रपति ज्याङ चेमिन काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गर्नुभएको थियो । चेमिनको सम्मानमा उहाँ अवतरण भएकै दिन मंसिर १९ गते नै रात्रीभोजको आयोजना गरिएको थियो ।

रात्री भोजमा चेमिनले शान्ति र स्थिरता कायम राख्न तथा दक्षिण एशिया र अन्तर्राष्ट्रिय मामिलामा सहयोग अभिवृद्धि गर्न नेपालले खेलेको भूमिका सकारात्मक भएको बताउनुभएको थियो । उहाँले नेपालले तात्कालीन अवस्थामा गरेको विकास र सुधारका कामको प्रशंसा गर्नुभएको थियो ।

तात्कालीन राष्ट्रपति चेमिनको भ्रमणको क्रममा नेपालले निजी क्षेत्रलाई संलग्न गराई व्यापार, पर्यटन तथा अन्य क्षेत्रमा संयुक्त लगानीको माध्यमबाट आर्थिक गतिविधिहरू बिस्तार गर्ने प्रस्ताव गरेको थियो । भ्रमणमा चीन र नेपालबीच तत्कालीन राजदरवार हाल नारायणहिटी संग्रहालयमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो ।

दुईदेशबीचको मैत्रीपूर्ण सम्बन्धको अभिवृद्धि तथा आर्थिक एवं प्राविधिक सहयोग बढाउन चीनले करीब ५६ करोड अनुदान सहयोग उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सम्झौता पत्रमा नेपालको तर्फबाट तात्कालीन वाणिज्य मन्त्री फत्तेसिंह थारु र चीनको प्रतिनिधित्व गरी वैदेशिक व्यापार तथा आर्थिक सहायता सम्बन्धी मन्त्री ऊ यीले हस्ताक्षर गर्नुभएको थियो ।

उक्त अवसरमा तात्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा, परराष्ट्रमन्त्री डा.प्रकाशचन्द्र लोहनी, विना विभागीय मन्त्री शरत्सिंह भण्डारी, चीनका लागि नेपाली राजदूत प्रा. युवराजसिंह प्रधान लगायतको उपस्थिति रहेको थियो ।
काठमाडौं महानगरपालिकाका तात्कालीन प्रमुख पी.एल. सिंहले राष्ट्रिय सभामा आयोजित कार्यक्रममा चिनियाँ राष्ट्रपति चेमिनलाई नगरको साँचो बुझाउनुभएको थियो ।

चिनियाँ राष्ट्रपति चेमिनले नेपालको तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र तात्कालीन विपक्षी दलका नेता मनमोहन अधिकारीसित भोलीपल्ट शिष्टाचार भेट गर्नुभएको थियो । भ्रमणमा आएको भोलिपल्ट बिहान चेमिन चीनका लागि प्रस्थान गर्नुभएको थियो ।

तात्कालीन राष्ट्रपति चेमिनसँगै भ्रमण दलमा जनवादी गणतन्त्र चीनका उपप्रधानमन्त्री तथा विदेशमन्त्री छियाङ्ग छि, नागरिक मामिला मन्त्री डुओजी कैराङक, वैदेशिक व्यापार तथा आर्थिक सहयोग सम्बन्धी मन्त्री सुश्री ऊ ची तथा स्वशासित क्षेत्र तिब्बतको जन सरकारका अध्यक्ष ग्याल्सेन नोर्बु सहभागी हुनुहुन्थ्यो । गोरखापत्रको साथमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -