Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
१:१०:५६ दिउँसो
- ADVERTISEMENT -

आपसी सम्बन्ध अभिवृद्धिका हिसाबले ऐतिहासिक हुने अपेक्षासहित नेपाली जनता स्वागतका लागि हतार

प्रकाशित मिति: २०७६ असोज २५, शनिबार

1078
Shares

काठमाडौँ, २५ असोज २०७६ । नेपालको राजकीय भ्रमणमा आज आउन लाग्नुभएका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि आम नेपाली ब्यग्र प्रतीक्षामा रहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आज र भोलि हुन लागेको सीको राजकीय भ्रमण सामाजिक, सांस्कृतिक, आर्थिक र आपसी सम्बन्ध अभिवृद्धिका हिसाबले ऐतिहासिक हुने अपेक्षासहित नेपाली जनता स्वागतका लागि अतुर देखिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँको स्वागतको भव्य तयारी गरिएको उल्लेख गर्दै मुलुक विकासको मार्गलाई तीव्रता दिँदै अगाडि बढिरहेका बेला हुन लागेको भ्रमण ऐतिहासिक हुने विचार व्यक्त गर्नुभएको छ ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य लालकाजी लामाले फेसबुकमा स्टाटस राख्दै भन्नुभएको छ, “अतिथि सत्कार हाम्रो संस्कार हो, चिनियाँ राष्ट्रपति सी चिनफिङ राजकीय भ्रमणमा आज नेपाल आउँदै हुनुहुन्छ, उहाँको स्वागतमा नेपाल सरकार र सम्पूर्ण नेपाली लामबद्ध छौँ, स्वागतम्, स्वागतम्, स्वागतम् ।”चितवनकी सङ्गीता भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै भन्नुभएको छ, “अतिथि देवोः भवः, छिमेकी राष्ट्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङलाई नेपालमा हृदयदेखि नै स्वागत छ ।”

आम नोपलीको आशाअनुसार नै भ्रमणका क्रममा नेपाल र चीनबीच महत्वपूर्ण परियोजनामा सम्झौता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । व्यवसायी कृष्ण ढुङ्गानाले पनि चिनियाँ राष्ट्रपतिलाई ‘हट्ली वेलकम टु नेपाल’ भन्दै सगरमाथाको देश, बुद्ध भूमिको देश र असल छिमेकीको नाता जोड्दै दुवै देशका राष्ट्रपतिको तस्वीर राखेर सामाजिक सञ्जालबाटै भ्रमणको स्वागत गर्नुभएको छ ।

भारतमा रहनुभएका राष्ट्रपति सी विशेष विमानबाट आजै त्रिभुवन विमानस्थलमा अवतरण गर्दै हुनुहुन्छ । उहाँले आजै नेपाली समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ भने उहाँको सम्मानमा होटल सोल्टीमा राजकीय भोजको आयोजना गरिएको छ ।

आइतबार चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच औपचारिक वार्ता हुनेछ । उहाँहरुको समुपस्थितिमा विभिन्न विषयमा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ । राजकीय भ्रमणका क्रममा उहाँले विभिन्न राजनीतिक नेतासँग शिष्टाचार भेट गर्नुहुने छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई बलियो आर्थिक साझेदारीमा रुपान्तरण गर्ने बताउनुभएको छ ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले रासससँग कुरा गर्दै दुई देशको सम्बन्ध युगौँ पुरानो रहेको र चीनका सामु सम्भावनैसम्भावना भएकाले चीनले जुन आर्थिक प्रगति गरिरहेको छ, त्यसबाट नेपालले लाभ लिन सक्ने आशा व्यक्त गर्नुभयो । उहाँले यो भ्रमण ऐतिहासिक हुने उल्लेख गर्नुभयो ।

विभिन्न राजनीतिक दलका प्रमुख तथा नेताहरुले पनि भ्रमणलाई ऐतिहासिकको संज्ञा दिँदै आपसी सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै स्वागतको प्रतीक्षा गरिरहेको प्रतिक्रिया दिनुभएको छ ।

चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि काठमाडौँमा भव्य तयारी गरिएको छ । सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ भने विदेशी विशिष्ट पाहुनाको उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाइएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिनुभएको छ ।

यसरी सिँगारिएको छ काठमाडौँ

‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मित्रता’, ‘नेपाल चीन मित्रता विशाल गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ ।’ चिटिक्क सिँगारिएको काठमाडौँको सडकमा बनाइएको विभिन्न स्वागत गेटमा उक्त नारा लेखिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सप्तरङ्गी इन्द्रेणीको अनुभव हुने गरी पानीको फोहरा निर्माण गरिएको छ । ढकमक्क फुलेको फूलले विमानस्थलको शोभा नै बढाइदिएको छ । विमानस्थलकै मूल गेटमा उहाँको स्वागतका लागि स्वागत द्वार निर्माण गरिएको छ ।

तीनकुने पार्कलाई फूलको बगैँचाले सजाइएको छ । यहाँको स्वागत द्वारको दुई छेउमा नेपाल र चिनियाँ राष्ट्रपतिको फोटो राखिएको छ । माथिल्लो भागमा पशुपतिनाथ, स्वयम्भूको तस्वीर छ । यहाँ राखिएको डिस्प्ले बोर्डमा पाटे बाघ, गैँडा, पाण्डाका तस्वीर छिनछिनमा देख्न सकिन्छ ।

राष्ट्रपति भण्डारी चीनको भ्रमणमा जाँदा चिनियाँ समकक्षीसँग भएको भेटघाट, उहाँको स्वागत र सम्मान गरिएका सुन्दर तस्वीर प्रदर्शनमा छ । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सीसँग हात मिलाउँदै गर्नुभएको फोटो पनि छ । ग्रेटवाल र चिनियाँ आकर्षक शैलीका संरचना यहाँ देख्न सकिन्छ ।

लुम्बिनीको मायादेवी मन्दिर, पशुपतिनाथ, स्वयम्भू, जानकी मन्दिर, सेतो मछिन्द्रनाथको जात्रा, कुमारी, फेवातालको तस्वीर प्रदर्शनमा राखिएको छ । सडकको दायाँबायाँ खम्बामा नेपाल र चीनका राष्ट्रपतिको तस्वीर लहरै राखिएको छ । ठाउँठाउँमा नेपाली र चिनियाँ झण्डा प्रदर्शन गरिएको छ । सडकका विभिन्न क्षेत्रमा फ्लेक्समा नेपालका सुन्दर ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय क्षेत्रको फोटो राखेर आकर्षक बनाइएको छ ।

काठमाडौँको माइतीघर झिलिमिली बनाइएको छ । माइतीघर मण्डल रङरोगन गरी सुन्दर बनाइएको छ । सडकहरु चिल्ला पारिएका छन् । ट्राफिक सङ्केतलाई दुरुस्त पारिएको छ । उहाँको स्वागतका लागि सरकारी कर्मचारी, विद्यार्थीदेखि आम नागरिक प्रतीक्षारत छन् । सरकारी कर्मचारीले राष्ट्रिय पोशाकमा सजिएर सीको स्वागतको तयारी गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -