काठमाडौं, २५ असोज २०७६ । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको आमन्त्रणमा चीनका राष्ट्रपति सी जिनफिङ दुई दिने राजकीय भ्रमणमा आज (शनिबार) नेपाल आउँदै छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको अनौपचारिक दुई पक्षीय भेटपछि उनी काठमाडौं आउँदै छन् । उनी शुक्रबार दिउँसो भारतको तमिलनाडुको महाबलीपुरममा पुगेका थिए । त्यहाँबाट उनी काठमाडौं आउँदै छन् । उनको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको नेपाल सरकारका प्रवक्ता तथा सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले जनाए ।
सी २६ असोजमा स्वदेश फर्केने छन् । २३ वर्षपछि चीनका राष्ट्रपतिले नेपालको भ्रमण गर्न लागेको हुँदा यसलाई विशेष रूपमा हेरिएको छ । यसअघि सन् १९९६ मा जियान जेमिनले नेपाल भ्रमण गरेका थिए । त्यसपछि नेपालमा राष्ट्रपतिको भ्रमण भएको छैन । त्यसअघि पनि सन् १९८४ मा ली सियान नियामले पाँच दिने नेपाल भ्रमण गरेका थिए ।
विश्वकै शक्तिशाली राष्ट्रप्रमुखमध्येका एक सी जिनफिङको नेपाल भ्रमण ऐतिहासिक हुने चीन र नेपालले व्याख्या गरेका छन् । नेपाल सरकारका विदेश मामिला सल्लाहकार डा। राजन भट्टराईले यो भ्रमणले नेपाल र चीनको सम्बन्धमा आयाम थप्न सफल हुने बताए । चीनका राष्ट्रपति सीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग भेट गर्ने कार्यक्रम छ । सबै भेट सोल्टी होटलमा हुनेछ ।
२८२ कोठा रहेको सोल्टी होटल पूरै रिजर्भ गरिएको छ । सो होटलमा राष्ट्रपतिसँग आउने प्रतिनिधिमण्डलका सदस्य मात्र बस्ने व्यवस्था मिलाइएको होटल स्रोतले बताएको छ । होटलको छेउमा रहेका पसलहरूसमेत सुरक्षालाई ध्यानमा राखेर बन्द गरिएको छ । सी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न भने राष्ट्रपति निवास पुग्नेछन् । यसै साता सीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग पनि भेटवार्ता गरेका थिए । खानले चीनको भ्रमण गरेका थिए । यसलाई विज्ञहरूले चीनको प्रभाव दक्षिण एसियामा लगातार बढिरहेको संकेतका रूपमा व्याख्या गरेका छन् ।
सीले दक्षिण एसियाका श्रीलंका, पाकिस्तान, बंगलादेश, माल्दिभ्स, भारतको भ्रमण गरिसकेका भए पनि नेपालको पहिलोपटक भ्रमण गर्न लागेका हुन् । उनी सन् २०१२ मा सत्तामा आएपछि पहिलोपटक नेपाल भ्रमण गर्न लागेका हुन् । चीनको बेल्ट एन्ड रोड परियोजनामा नेपाल, श्रीलंका, बंगलादेश, पाकिस्तान सामेल छन् । भारत सो परियोजनामा सामेल छैन ।
नेपालले भारतको परनिर्भरतालाई कम गर्न चीनसँगको सम्बन्धलाई फरक रूपमा अगाडि बढाएको हो । तथापि, सन् २०१७ मा नेपालले बेल्ट एन्ड रोड परियोजनाका सम्झौता गरेको भए पनि हालसम्म त्यसको प्रभाव देखिएको छैन । सीको भ्रमणमा नेपालले चाहेअनुसार रेलमार्गको विषयमा सहमति हुने अपेक्षा गरिएको छ । चीनले नेपालमा क्रस बोडेर इकोनोमिक जोन बनाउने, रेलवे विस्तार गर्ने, हाइवे एयरपोर्टको निर्माणलगायत करिब १५ बुँदामा सहमति हुने सम्भावना देखिन्छ ।
नेपालको विषयमा अमेरिकाले पनि चासो देखाइरहेको समयमा हुन लागेको सीको भ्रमणलाई महŒवपूर्ण रूपमा हेरिएको हो । अमेरिकाले इन्डो प्यासिफिक नीतिमा समेत नेपाललाई महŒव दिइएको छ । अमेरिका नेपालमा रक्षा सहयोग वृद्धि गर्न चाहन्छ । चीन नेपालमा आफूविरुद्धको कुनै पनि गतिविधि नहोस् भन्ने चाहन्छ ।
चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारीका लागि चीनका विदेशमन्त्री वांङ यी गत सेप्टेम्बरमा नेपाल आएका थिए । उनी यसपटक पनि राष्ट्रपतिसँग नेपाल आउँदै छन् । यस वर्ष चीनका केही उच्चस्तरका अधिकारी तथा नेताले नेपाल भ्रमण गरिसकेका छन् । यी सबै भ्रमणको उद्देश्य सीको नेपाल भ्रमणको तयारीका रूपमा रहेको थियो ।
कर्मचारीलाई स्वागतमा
चिनियाँ राष्ट्रपति सीको स्वागत र बिदाइका लागि निजामती कर्मचारीलाई नयाँ बानेश्वरदेखि माइतघर मन्डलासम्म बस्नका लागि निर्देशन दिइएको छ । निजामती पोसाक लगाएर शनिबार दिउँसो ३ः४५ र आइतबार बिहान ११ः १५ मा सो स्थानमा कर्मचारी अनिवार्य उपस्थित हुनुपर्ने भनिएको छ । शनिबार करिब ४ः३० बजे सी भारतबाट काठमाडौं आइपुग्नेछन् भने आइतबार १ः०० बजे उनी स्वदेश फिर्ता हुनेछन् । काठमाडौं उत्रिएसँगै राष्ट्रपति निवास जाने छन् ।
त्यसैगरी, संघीय सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक बिदासमेत दिएको छ । सरकारले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय गरेको हो । जसले सडकको व्यवस्थापनमा समेत सहज हुने विश्वास लिइएको छ ।
सवारी साधन कम प्रयोग गर्न अपिल
ट्राफिक प्रहरीले चक्रपथभित्र हेभी सवारी साधन प्रवेशमा समेत निषेध गरेको बताएको छ । सीको भ्रमणका क्रममा अन्य सवारी साधानलाई समेत निषेध हुनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जरुरी काममा मात्र निस्केर सहगोग गरिदिन अनुरोधसमेत गरेका छन् । ट्राफिकले सवारी साधान कम प्रयोग गर्न अनुरोध गरेको छ । महाशाखाले सात बुँदे अपिल जारी गरी रुट व्यवस्थापन गर्ने तयारी गरेको छ । चिनियाँ राष्ट्रपति सी शनिबार साझ ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । यसबीचमा दुई घण्टा विमानस्थल बन्द रहनेछ । शनिबार दिउँसो २ः५५ देखि ५ः२५ सम्मका लागि सबै व्यावसायिक उडान स्थगित हुने बताइएको छ ।
महानगरीय ट्राफिक प्रहरीको ७ बुँदे अनुरोध
महानगरीय ट्राफिक प्रहरी महशाशाखाले चीनका राष्ट्रपपित चिन चनिफिङको नेपाल भ्रमणका क्रममा सर्वसाधारणका लागि जारी गरेको सात बुँदे अनुरोध ।
१। मालवाहक सावरी साधनहरु रिङरोड भित्र प्रवश नगनु ।
२। वैकल्पिक सडकको प्रयोग गर्नु
३। अनावश्यक सवारी साधन प्रयोग नगर्नु ।
४। पुराना सवारी चलाउनु ।
५। र्हनको प्रयोग नगर्नु
६। ट्राफिक नियम पालना गर्नु ।
७। समस्या तथा जानकारीलाई हटलाइन १०३मा सम्पर्क गर्नु








































