Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५८:४८ बिहान
- ADVERTISEMENT -

चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबार ७ः१५ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम

प्रकाशित मिति: २०७६ असोज २४, शुक्रबार

632
Shares

काठमाडौ, २४ असोज २०७६ । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण भन्दा साढे दुई घन्टा पहिले विमानस्थल बन्द हुने छ । शनिबार दिउँसो २ः ५५ देखि ५ः २५ सम्मका लागि सबै व्यवासायिक उडान स्थगन गर्न विमानस्थलले जनाएको छ। विमानस्थलमा अवतरण गरेपछि सीको राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने छन्। तालिका अनुसार साँझ ६ः ३० बजे दुई देशका राष्ट्रपतिको भेटवार्ता हुने छ। सीले ७ः१५ बजे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने छन्।

७ः३० मा सोल्टी होटलमा रात्रिभोज कार्यक्रम हुने छ। आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्ने कार्यक्रम रहेको छ। सीले १०ः ३० बजे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् भने ११:३० मा प्रधानमन्त्री केपी शर्मासँग ओली भेटवार्ता र द्विपक्षीय सम्झौता गर्ने छन्।

उक्त भेटमा चिनियाँ पक्षले नेपालका लागि सहयोग र अन्य घोषणा गर्ने छ। आइतबारै दिउँसो १ बजे सी चीन फर्किने छन्। आइतबार दिउँसो ११:२० बजेदेखि ३:५० सम्म विमानस्थल बन्द हुने छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ हिँड्ने बेला रूटमा पर्ने बाटो सर्वसाधारणका लागि बन्द गरिने भएको छ। शनिबारबाट सुरू हुने नेपाल भ्रमणमा सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविकुमार पौडेलले जानकारी दिए।

‘चिनियाँ राष्ट्रपति सी हिँड्ने बेला त्यो रूट पूर्ण रूपमा ठप्प गरिने छ’ उनले भने, ‘उक्त समयमा सर्वसाधारणले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गर्दछौं।’ कुन सडक कतिबेरसम्म बन्द हुने अहिल्यै तय भइनसकेको उनले बताए। भोलि बिहानै सडक प्रयोगको तालिका प्रकाशन गर्ने उनले बताए।

राष्ट्रपति सी हिँड्ने रुट एयरपोर्ट, शीतलनिवास, सोल्टी होटल लगायत ठाउँमा पर्ने भएकाले आफैं सचेत भएर हिँड्नुपर्ने उनको भनाइ छ। सीको जहाज शनिबार अपराह्न ४ः ३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -