काठमाण्डौ, २४ असोज २०७६ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै स्वागत गर्ने भएकी छिन् ।
सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राष्ट्रपति भण्डारीकै मंैत्रीपूर्ण निमन्त्रणमा नेपालको राजकीय भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सीलाई स्वागत पनि राष्ट्रपतिले गर्ने जानकारी दिएका हुन् ।
राष्ट्रपति भण्डारीकै मैंत्रीपूर्ण निमन्त्रणामा सी नेपाल आउन लागेकाले भण्डारीले नै स्वागत गर्ने बास्कोटाको तर्क छ । बिहीबार मन्त्रीपरिषद बैठकको निर्णय जानकारी गराउन आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रपतिले स्वागत गर्ने विषयलाई बहसका विषय बनाउन आवश्यक नरहेको पनि स्पष्ट पारे ।
मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपतिको भ्रमण पूर्ण रुपमा सफल हुने पनि बताए । त्यसका लागि सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको पनि संचारमन्त्री बास्कोटाको भनाई छ ।








































