काठमाडाैं, २१ असोज २०७६ । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई दशैंको टीका लगाई दिएका छन्।
पूर्वराजा शाहले महाराजगंजस्थित निर्मल निवासमा मंगलबार अपरान्ह ४ बजेबाट सर्वसाधारणलाई बडा दशैंको टीका लगाई दिएका हुन्। पूर्वराजाको हातबाट टीका ग्रहण गर्ने सर्वसाधरणको भीड लागेको थियो।
पूर्व राजा शाहले हरेक वर्ष वडा दशैंको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन्।








































