Opens in a new tab
२०८३ मंसिर १, सोमबार
३:३९:४८ दिउँसो
- ADVERTISEMENT -

अर्जेन्टिना भर्सेस नाइजेरिया : मेस्सी कि मुसा ?

प्रकाशित मिति: २०७५ असार १२, मंगलबार

2002
Shares

असार १२, काठमाडौं । विश्वकपमा समूह ‘डी’ को अन्तिम खेलमा मंगलबार राति पौने १२ बजे नाइजेरियाविरुद्ध खेल्दा धेरैको नजर अर्जेन्टिनी कप्तान लियोनल मेस्सीमा हुनेछ । नाइजेरियन समर्थकको आश भने अहमद मुसामा ।

अघिल्लो दुई खेलमा कमजोर देखिएको अर्जेन्टिनाको सपना जिवित बनाउने मुख्य भूमिका मेस्सीमा नै छ ।जारी विश्वकपमा आइसल्याण्डमाथि जित निकाल्ने क्रममा नाइजेरियाका मुसाले दुई गोल गरेका थिए । यस्तै उनले चार वर्षअघिको विश्वकपमा अर्जेन्टिनासँगको खेलमा पनि दुई गोल नै गरेका थिए । यसैले मंगलबारको खेलमा पनि उनै मुसा नाइजेरिया समर्थकका भरपर्दा आशा हुन् ।

अर्जेन्टिना पहिलो खेलमा आइसल्याण्डसँग १-१ को बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा क्रोएसियासँग ३-० ले हारेको थियो ।

नाइजेरिया पहिलो खेलमा क्रोएसियासँग २-० ले हारेको थियो भने दोस्रो खेलमा आइसल्याण्डलाई २-० ले नै हराएको थियो ।

यस्तो छ समीकरण

विश्वकपमा समूह ‘डी’ बाट क्रोएसिया अघिल्लो चरणमा पुगिसकेको छ । नाइजेरिया, आइसल्याण्ड र अर्जेन्टिनामध्ये एक टिम अघिल्लो चरणमा जाने छन् ।

आइसल्याण्डसँगको खेलमा बराबरी गरेमा मात्रै पनि क्रोएसिया समूह विजेता बन्नेछ ।

नाइजेरिया र अर्जेन्टिना भने जसले जित्यो उही अघिल्लो चरणमा जाने सम्भावना बन्ने छ । आइसल्याण्डले क्रोएसियामाथि सामान्य जितमात्रै निकाल्दा नाइजेरिया र अर्जेन्टिनाबीचको विजेता अघिल्लो चरणमा पुग्नेछ ।

आइसल्याण्डले क्रोएसियासँगको खेल नजितेमा नाइजेरिया भने अर्जेन्टिनासँगको खेल बराबरी भए पनि अघिल्लो चरण पुग्ने छ ।

अर्जेन्टिना र नाइजेरियाको खेल बराबरी भएमा आइसल्याण्डको सम्भावना पनि रहन्छ । त्यसका लागि आइसल्याण्डले क्रोएसियालाई राम्रो अन्तरले हराउनु पर्नेछ ।

अर्जेन्टिनाको सम्भावनाका लागि नाइजेरियालाई हराउनुका साथै आइसल्याण्ड र क्रोएसियाबीचको खेलमा क्रोएसिया विजेता बन्नुपर्छ ।

आइसल्याण्डले क्रोएसियालाई हराएमा आइसल्याण्डले जितेको भन्दा दुई गोल बढीले अर्जेन्टिनाले नाइजेरियालाई हराउनुपर्नेछ ।

यस्तो छ विगत

नाइजेरियाले सन् १९९४ मा पहिलो पटक विश्वकप खेल्दा पनि अर्जेन्टिना रहेकै समूहमा परेको थियो ।

आफ्नो छैठौं विश्वकप खेलिरहेको नाइजेरिया पाँच पटक त अर्जेन्टिनासँग एउटै समूहमा परेको छ ।

सन् १९९४ को विश्वकपमा समूह चरणमा बुल्गेरिया र ग्रिसलाई हराउँदा नाइजेरिया अर्जेन्टिनासँग भने पराजित भएको थियो । त्यसबेला नाइजेरिया २-१ ले हारेको थियो ।

त्यसपछि सन् १९९८ मा भेट नभएका दुई टिम त्यसपछिका विश्वकपमा पनि एउटै समूहमा छन् ।

नाइजेरिया अर्जेन्टिनासँग सन् २००२ को विश्वकपमा १-० ले, सन् २०१० मा पनि १-० ले २०१४ मा ३-२ ले पराजित भएको थियो ।

सन् २००८ को बेइजिङ ओलम्पिकमा पनि फाइनलमा नाइजेरियालाई नै हराएर अर्जेन्टिनाले गोल्ड मेडल जितेको थियो । जतिबेला एकमात्र गोल एञ्जेल डि मारियाले गरेका थिए ।

सन् १९९६ को ओलम्पिकको फाइनलमा भेट हुँदा भने नाइजेरियाले अर्जेन्टिनालाई ३-२ ले हराएर स्वर्ण जितेको थियो ।

यससँगै सन् १९९५ को फिफा कन्फेडेरेसन कपमा नाइजेरिया र अर्जेन्टिनाले गोलरहित बराबरी खेलेका थिए ।

फर्केर हेर्दा अर्जेन्टिना र नाइजेरियाबीचको दुई मैत्रीपूर्ण खेलमा भने नाइजेरिया विजयी भएको छ । सन् २०११ को जुनमा भएको खेलमा ४-१ ले हराएको नाइजेरियाले सन् २०१७ को नोभेम्बरमा अर्जेन्टिनालाई ४-२ ले हराएको थियो ।                      दुई टिमका केही तथ्य

नाइजेरियाले अहिलेसम्म विश्वकपमा ६ वटा खेल जितेको छ । नाइजेरियाले सबै जित युरोपेली देशमाथि नै निकालेको हो ।

नाइजेरियाले विश्वकपमा लगातार दुई खेल जितेको २० वर्ष अघि अर्थात सन् १९९८ मा हो । जसमा नाइजेरियाले पहिलो दुई खेलमा स्पेन र बुल्गेरियालाई हराएको थियो ।

अर्जेन्टिनासँगको खेलमा जित निकालेमा नाइजेरियाले अन्तिम १६ मा स्थान पक्का गर्नेछ । नाइजेरियाले चार वर्षअघिको ब्राजिल विश्वकपमा पनि अन्तिम १६ मा स्थान बनाएको थियो । यसपटक पनि अघि जान सकेमा ६ सहभागितामा नाइजेरियाले चार पटक अन्तिम १६ मा पुग्नेछ ।

अर्जेन्टिनाले विश्वकप समूह चरणमा एउटै खेल जित्न नसकेको ८४ वर्षअघि मात्रै हो । सन् १९३४ को विश्वकपमा सबै खेल नकआउटका आधारमा हुने बेला अर्जेन्टिना स्वीडेनसँग ३-२ ले हारेको थियो ।

अर्जेन्टिना विश्वकपका पछिल्ला चार खेलमा जितविहीन छ, दुई खेलमा बराबरी र दुई खेलमा हार बेहोरेको छ । अर्जेन्टिनाले पछिल्लो पटक २०१४ को विश्वकपको सेमिफाइनलमा नेदरल्याण्डसलाई टाइब्रेकरमा हराएपछि विश्वकप खेल जित्न सकेको छैन ।

अर्जेन्टिनाले पछिल्लो पटक विश्वकपमा लगातार खेल हारेको सन् १९९४ मा हो । त्यो बेला बुल्गेरिया र रोमानियासँग अर्जेन्टिना हारेको थियो । त्यसयता समूह चरणमा लगातार हारेको छैन ।

स्टार स्ट्राइकर लियोनल मेस्सीले जारी विश्वकपमा १२ पोस्ट प्रहारमा गोल गर्न सकेका छैनन् । तर पछिल्लो दुई वर्षमा उनले अर्जेन्टिनाका लागि १८ खेलमा १४ गोल गरेका छन् ।अनलाईनखवरवाट 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -