Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
२:५७:५६ राति
- ADVERTISEMENT -

भारतीय सेनामा कार्यरत पर्वतका अनिश थापा मगर १०औ लिगलिगे दौड बिजेता

प्रकाशित मिति: २०७६ असोज १६, बिहीबार

945
Shares

गोरखा, १६ असोज २०७६ । पालुङ्टार नगरपालिका, लिगलिगकोट विकास अभियान र रणसिंह दल गणको संयुक्त आयोजनामा १०औ लिगलिगे दौड प्रतियोगिता सम्पन्न भएको छ ।

पर्वतका अनिश थापा मगर १०औ लिगलिगे दौड जितेर छैटौं पटक पनि लिगलिगे राजा बन्न सफल हुनु भएको छ ।

चेपे र मस्र्याङ्दीको दोभानबाट लिगलिगकोटसम्मको १३.८ किलोमिटर दुरी ५७.५५ मिनेटमा पार गर्दै थापा लिगलिगे दौड जितेर लिगलिगे राजा बन्न सफल हुनु भएको हो ।

यसअघि पाँच पटकसम्म लिगलिगे राजा बन्न सफल हुनु भएको हो । थापा भारतीय सेनामा कार्यरत हुनुहुन्छ ।

त्यसैगरी १ घण्टा एक मिनेट ८ सेकेण्डमा पार गरी डोटी जिल्लाका खगेन्द्रबहादुर भाट दोस्रो बन्न सफल हुनु भएको छ ।
१ घण्टा १ मिनेट ३४ सेकेण्डमा पार गरी लम्जुङका रामजी बस्नेत तेस्रो हुन सफल हुनु भएको छ । दोस्रो र तेस्रो हुने दुवै जना नेपाली सेनामा हुनुहुन्छ ।

निर्धारित दुरी एकघण्टा दुई मिनेट २२ सेकेण्डमा पार गरी सन्दीप ढकाल चौथो बन्न सफल हुनु भएको छ ।

लिगलिगे दौडमा प्रथम हुनेलाई यसबर्षदेखि एक दिनका लागि लिगलिगे राजाका साथै एकबर्षका लागि पालुङ्टार नगरपालिकाको सद्भावना दूत पनि घोषणा गरिने भएको छ ।

आज एक समारोहको आयोजना गरी १० औ लिगलिगे राजा र पहिलो सद्भावना दूत घोषणा गर्ने कार्यक्रम रहेको पालुङ्टार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले जानकारी दिनुभयो ।

‘दौडमा प्रथम हुनेलाई यसअघि एक दिनका लागि लिगलिगे राजा घोषणा गरिन्थ्यो’, ‘यस बर्षदेखि नयाँ कार्यक्रम ल्याएका छौं । अबदेखि जो विजयी हुन्छ, उहाँलाई एकबर्षका लागि पालुङ्टार नगरपालिकाको सद्भावना दूत बनाइनेछ । उहाँले भन्नुभयो । नगरपालिकाले आयोजना गरेका ठूला कार्यक्रमहरुमा उहाँलाई स–सम्मान दूतको रुपमा आमन्त्रण गराइनेछ ।’ सद्भावना दूतले पनि यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि उल्लेखनीय काम गर्ने बताउनु भयो ।

प्रतियोगितामा प्रथम हुनेलाई एक समारोहकाबीच राष्ट्रिय सभाका नेता सुरेन्द्र पाण्डेले ६० हजार १ सय रुपैयाँ, लिगलिगे राजाको र पालुङ्टार नगरपालिकाको सद्भावना दूतको दर्जा, श्रीपेच, पगरीमा सजाउने, मेडल र प्रमाणपत्र पुरस्कार दिइने कार्यक्रम रहेको मेयर कँडेलले जानकारी दिनुभयो । साथै, राजकीय सम्मानका साथ पालुङटार नगर परिक्रमा गराइने कार्यक्रम रहेको बताउनु भयो ।

त्यसैगरी, दोस्रो हुनेलाई ३५ हजार १ सय रुपैयाँ, तेस्रो हुनेलाई २५ हजार १ सय रुपैयाँ, चौथो हुनेलाई १५ हजार र पाँचौ हुनेलाई १० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पुरस्कार रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा छैटौं हुनेलाई सात हजार, सातौं हुनेलाई पाँच हजार, आठौं हुनेलाई चार हजार, नवौं हुनेलाई तीन हजार र दशौं हुनेलाई नगद दुई हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.26
149.86
EUR
European Euro
1
164.12
164.78
GBP
UK Pound Sterling
1
196.90
197.69
CHF
Swiss Franc
1
178.07
178.79
AUD
Australian Dollar
1
100.49
100.89
CAD
Canadian Dollar
1
104.42
104.84
SGD
Singapore Dollar
1
115.86
116.32
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.78
39.94
QAR
Qatari Riyal
1
40.95
41.11
THB
Thai Baht
1
4.41
4.43
AED
UAE Dirham
1
40.64
40.80
MYR
Malaysian Ringgit
1
36.46
36.61
KRW
South Korean Won
100
11.17
11.22
SEK
Swedish Kroner
1
14.78
14.84
DKK
Danish Kroner
1
21.95
22.04
HKD
Hong Kong Dollar
1
19.02
19.10
KWD
Kuwaity Dinar
1
483.35
485.30
BHD
Bahrain Dinar
1
395.71
397.30
OMR
Omani Rial
1
387.67
389.23
- ADVERTISEMENT -