Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:५८:०९ बिहान
- ADVERTISEMENT -

गोरखाको संस्कृति र इतिहास झल्काउनको लागि गोरखाली रबर उद्योग, गोरखा दरबार,मनकामना हुँदै भीमसेन थापाको जन्मस्थलसम्म पर्यटकीय सर्किट बनाउनतर्फ राज्यको ध्यानकर्षण

प्रकाशित मिति: २०७६ असोज १४, मंगलबार

725
Shares

काठमाडौं, १४ असोज २०७६ । लोकतन्त्रलाई बुलन्द बनाउन मिडियाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । गोरखा पत्रकार मञ्चले राजधानीमा आयोजना गरेको बडादसैं, शुभदिपावली तथा छठ पर्वको अवसरमा मङ्गलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संघीय समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले लोकतन्त्रलाई बुलन्द बनाउन मिडियाको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ ।

मिडियाले ध्वंसात्मक नभई आलोचनात्मक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ । भट्टराईले भने, ‘विकृति, भ्रष्टाचारजस्ता कार्यलाई मिडियाले पूर्ण निस्तेज बनाउन लाग्नुपर्छ । चाकडीको काम बन्द गर्नुपर्छ ।’

कार्यक्रममा भट्टराईले गोरखाको संस्कृति र इतिहास झल्काउनको लागि गोरखाली रबर उद्योग, गोरखा दरबार,मनकामना हुँदै भीमसेन थापाको जन्मस्थलसम्म पर्यटकीय सर्किट बनाउनतर्फ राज्यको ध्यानकर्षण गर्न पत्रकारहरुले पहल गर्नुपर्ने बताएका छन् ।

यसैक्रममा, भट्टराईले गोरखा पत्रकार मञ्च नेपाललाई आफ्नो ठाउँमा सक्दो सहयोग रहने समेत प्रतिबद्धता जनाउनु भयो । ‘राम्रो कामको लागि मेरोतर्फबाट पूर्ण सहयोग रहनेछ ।  भट्टराईले भन्नुभयो ।

कार्यक्रममा गोरखा क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारीले भन्नुभयो, ‘काठमाडौँबाट हेर्दा मात्र गोरखा जिल्लालाई वाह भन्ने अवस्था रहेको छ त र, गोरखा जिल्ला विकासको क्रममा धेरै पछाडि परेको छ’ ।

यसैक्रममा, सांसद अधिकारीले राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत आयोजना मात्रै बनाउन सकियो भने गोरखा जिल्लाले चाँडै नै फड्को मार्ने जनाउनु भएको छ ।

सांसद अधिकारले गोरखा पर्यटकको हिसाबले मात्र नभई भौगोलिक, सांस्कृतिक हिसाबले पनि गोरखाको विकास गर्न मिडियाले सहयोगी भूमिका निर्वाह गर्ने आग्रह गर्नुभयो ।

गोरखाको भौतिक विकास र साँस्कृतिक विकासको लागि गर्नुपर्ने कामहरुमा पत्रकारको महत्वपूर्ण भूमिका हुने नेकपा केन्द्रीय सदस्य चुडामणि खड्काले बताउनु भयो । खड्काले मिडियाहरुलाई स्वतन्त्रताको नाममा अराजकता नफैलाउन समेत आग्रह गर्नुभयो ।  ‘समाजलाई खलबल्याउने काम जसले गर्छ, त्यसलाई पत्रकारिताको मार्फत उजागर गर्नु पत्रकार साथीहरुको कर्तव्य हो ।’भन्नुभयो ।

यसैक्रममा, नेपाली कांग्रसकी नेतृ तथा पूर्वमन्त्री कमला पन्तले गोरखा जिल्लामा लुकेका विषयहरुलाई बाहिर ल्याउनुपर्ने माग गर्नुभयो  । पनतको भनाइ अनुसार विकृत मानसिकतालाई कलमको माध्यमबाट नियन्त्रण गर्नुपर्छ । पन्तले मिडियाले कसैलाई पनि जोगाउनतिर लाग्न नहुने बताउनु भयो । मिडियाले राजनीतिको आडमा मिडिया हाउस चलाउन नहुने अर्का नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले बताउनु भयो  । न्यौपानेले गोरखा पत्रकार मञ्च नेपालले सन्तुलनकारी भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको बताउनु भयो । त्यसैगरी न्यौपाने गोरखा पत्रकार मञ्च नेपाललाई आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनु भयो ।

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -