काठमाडौँ, १४ असोज २०७६ । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले आफूलाई जबरजस्ती गरेको भन्दै महरालाई आरोप लगाएपछि हिजो देखि यस विषयले चौतर्फी चर्चा पाइरहेको छ ।
बलात्कारको आरोप लागेपछि प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले अन्ततः पदबाट राजिनामा दिएका छन् ।
उहाँले आफूमाथि लागेको आरोपबारे निष्पक्ष छानविन होस् भनेर राजीनामा दिएको बताएका छन् ।
केही बेर अघि प्रधानमन्त्री र ‘प्रचण्ड’ बीच छलफल भएपछि सभामुख महरालाई हालका लागि पदबाट राजिनामा दिन लगाई कानुनी उपचारको बाटबाट अघि बढ्न सुझाव दिएका हुन् ।
ओली र प्रचण्ड दुवैले नैतिक र चारित्रिक प्रश्न उठिसकेपछि पदमा बस्न उचित नहुने भन्दै तत्कालका लागि राजिनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए।
यसैबीच सभामुख महराले पार्टी र सरकारको निर्देशन अनुसार आफू मार्ग प्रशस्त गर्न तयार रहेको बताएका थिए ।








































