गोरखा, १३ असोज २०७६ । बिश्वभरीबाट एनआरएनको निर्बाचनको निम्ति नेपाल आउनुहुने गोरखली प्रजातन्त्रबादी साथीहरुले गोरखाको विकास र लोकतन्त्र स्थापनाको निम्ति पुर्याउनु भएको योगदानको उच्च सम्मान गरेको छ ।
नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति गोरखाले एनआरएनको निर्बाचनमा बिश्वभरीबाट आउनु भएका गोरखाली लोकतन्त्रबादी साथीहरुसँग भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
शुभ विजया दशमी तथा शुभ दीपावली २०७६ को पावन अवसरमा सम्पूर्ण लोकतन्त्रबादी एनआरएन गोर्खालीहरुलाई उपस्थिति लागी नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति गोरखा सम्पुर्णमा हार्दिक आमन्त्रण गरेको छ ।
शुभकामना आदानप्रदान कार्यक्रम यहि असोज २७ गतेका दिन दियालो पार्टी प्यलेस बसुन्धरामा दिउँसो १ बजे कार्यक्रम आयोजना गरिने भएको छ ।
उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टी सभापति हरि घले, नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य चीन काजी श्रेष्ठ, कमला पन्त, सुरेन्द्र पाण्डे लगायत अन्य गोर्खाली नेताको बाक्लो उपस्थित रहने पार्टी सचिब नन्द प्रासद न्यौपनेले जानकारी दिनुभयो ।








































