काठमाडौं, ११ असोज २०७६ । चितवनको भरतपुरमा भ्रष्टचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही कुटिएका छन् । आज दिउँसो भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागि हुन आएका शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले गाडी भित्रै कुटपिट गरेका छन् । शाहीको शरीरमा चो’टपटक लागेको छ ।
नेकपा सम्वद्ध विद्यार्थीहरुले ‘राजा’वादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम बिथालेका थिए। त्यसक्रममा केहीबेर तनाव समेत भएको थियो । चितवन मेडिकल कलेजमा उपचार सम्भव नभएपछि अहिले ज्ञानेन्द्र शाहीलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ |
चर्चित सञ्चारकर्मी रवि लामिछानेले यस्तो लेखेका छन् :
अभिव्यक्ति स्वतन्त्रताको यो भन्दा भद्दा मजाक के ? चाहे जुन सुकै बादी होस, कुटेर आवाज बन्द गर्ने काम निन्दनीय हो, कायरता हो। ज्ञानेन्द्र शाहीका बिषयमा असहमतिहरु जरुर होलान्। तर उनी माथी गरिएको हमलाको घोर बिरोध गर्दछु ।








































