चितवन, ११ असोज २०७६ । अज्ञात समूहले गाडी भित्रै कुटपिट गरेपछि घाईते भएका ज्ञानेन्द्र शाहीलाई थप उपचारका लागि काठमाडौंमा पठाइएको छ ।
चितवन मेडिकल कलेज भरतपुरमा उपचार गराइरहेका शाहीको अवस्थामा केही गम्भिरता देखिएपछि थप उपचारका लागि यति एयरलाइन्स मार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
भ्रष्टचार विरोधि अभियान चलाउदै आएका शाहीलाई आज दिउँसो भरतपुरको चौबिसकोठीस्थित ग्लोबल होटलमा अज्ञात समूहले कुटपिट गरेका थिए ।
बा ३ ख ४५ नम्बरको माइक्रोबसमा आक्रमण हुँदा शाही घाइते भएको प्रहरीले जनाएको छ । उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। ढुंगा प्रहारबाट गाडीको चारैतर्फका सिसा समेत फुटेको छ ।








































